काठमाडौं । नेपाल बिमक संघमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष बिरेन्द्र वैदवार क्षेत्री सहित सबै कार्यसमिति सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् ।
संघको अध्यक्षमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिरेन्द्र बैदवार क्षेत्री र महासचिव पदमा एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा आई जी आई प्रुडेन्सियल इस्योरेन्सका युगेश भक्त वादे श्रेष्ठ निर्वाचित भएका छन् ।
सदस्यहरुमा प्रभु इन्स्योरेन्सका सन्चित बज्राचार्य ,दि ओरेएन्टल इन्स्योरेन्स कम्पनीका टोटोन चक्रवर्ती हिमालयन एभरेष्ट इन्सयोरेन्सका अन्जु श्रेष्ठ निर्वाचित भएका छन् ।


































