National life

"बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिमा सरकारको नाङ्गो रूप देखिएको छ" (भिडियो सहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ वैशाख २०८२, बुधबार
731Shares
"बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिमा सरकारको नाङ्गो रूप देखिएको छ" (भिडियो सहित)
ncell

काठमाडौँ। नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्ति प्रक्रिया नै वैधानिक नभएको भन्दै प्रतिनिधि सभाका प्रत्यक्ष निर्वाचित सांसद छिरिङ डम्दुल लामाले आपत्ति जनाएका छन् ।

केही दिन अगाडि मात्रै प्रतिनिधि सभाको बैठकमा बीमा प्राधिकरणका अध्यक्षमा शरद ओझालाई नियुक्ति गर्ने सम्बन्धी मिति २०८१ फागुन १२ गतेको मन्त्रिपरिषद्को निर्णय र छनौट समितिले पुरा गरेको प्रक्रिया त्रुटि र सेटिङ रहेको उनको आरोप छ।

उक्त नियुक्ति प्रक्रियामा प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु प्रसाद पौडेल, मुख्य सचिव अर्थ सचिव लगायतको संलग्नता रहेको भन्दै संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने उनको माग थियो । त्यसपश्चात् आर्थिक भ्वाइससँगको अन्तरवार्ता सांसद लामाले नियम अनुसार ३५ वर्ष उमेर पुग्नुपर्ने भए पनि उनको उमेर हद नपुगेको भन्दै प्रमाण समेत पेश गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बीमा ऐन २०७९ बमोजिमको योग्यता समेत नपुगेको व्यक्तिलाई फर्जी कागजातका भरमा तलदेखि मन्त्रिपरिषद्सम्म सेटिङमा नियुक्त गरिएको भन्दै यस नियुक्ति प्रकरणमा सरकार नै स्वार्थ समूहसँग हातेमालो गरेको बताएका छन् ।

भिडियोमा हेर्नुहोस्:

यो समाचार शेयर गर्नुहोस्
731SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?