National life

बीमा प्राधिकरणले गर्यो ६ इन्स्योरेन्स कम्पनीलाई २/२ लाख जरिवाना

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०७ जेठ २०८३, बिहिबार
1.7kShares
बीमा प्राधिकरणले गर्यो ६ इन्स्योरेन्स कम्पनीलाई २/२ लाख जरिवाना
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ६ इन्स्योरेन्स कम्पनीलाई २/ लाख रुपैयाँ जरिवाना गरेको छ । बीमा प्राधिकरणले युनाइटेड अजोड इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सानिमा जिआइसी इन्स्योरेन्स र नेको इन्स्योरेन्सलाई जनही २/२ लाख रुपैयाँ जरिवाना गरेको हो ।

प्राधिकरणले फास्ट ट्र्याक को Professional Indemnity Insurance(पेसागत क्षतिपूर्ति बीमा) मा निर्धारण गरिएको मापदण्डभन्दा कम दरमा बीमा लेख जारी गरेको तथा स्वेच्छाचारी रूपमा बीमालेख रद्द गरेको भन्दै सो इन्स्योरेन्स कम्पनीहरूलाई कारबाही गरेको हो ।

प्राधिकरणको जेठ ३ गते बसेको बैठकले उक्त निर्णय गरेको जनाएको छ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बीमा ऐनको दफा १३८(४)(क) बमोजिम प्रत्येक कम्पनीलाई २/२ लाख रुपैयाँ जरिवाना गरिएको हो ।

प्राधिकरणले यस्ता प्रकृतिका कसुर दोहोरिएमा आगामी दिनमा सम्बन्धित कम्पनीलाई २५ लाख रुपैयाँसम्म जरिवाना गरिने चेतावनी समेत दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?