काठमाडौँ । गृह मन्त्रालयको फेक सूचना बनाएको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
‘आज सार्वजनिक बिदा’ भन्दै गृह मन्त्रालयको फेक सूचना बनाएको आशंकामा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको हो । उक्त युवकले गृह मन्त्रालयको पुरानो सूचनालाई आज (बुधवार) को सूचना बनाएर सार्वजनिक गरेको आशंकामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
अहिले जिल्ला प्रहरी कार्यालय चितवनले ती युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
ती युवकले नै नक्कली सूचना सम्प्रेषण गरेको पुष्टि भए उनलाई सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

































