National life

बैंकको नियन्त्रणमा अर्बौं रकम : गैर बैंकिङ सम्पत्ति २५% बढ्यो, कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०४ फागुन २०८२, सोमबार
1.1kShares
बैंकको नियन्त्रणमा अर्बौं रकम : गैर बैंकिङ सम्पत्ति २५% बढ्यो, कुनको कति ?
ncell

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा वाणिज्य बैंकहरूको गैर-बैंकिङ सम्पत्ति उल्लेख्य रूपमा बढेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार पुस मसान्तसम्म २० वटा वाणिज्य बैंकहरूको कुल गैर–बैंकिङ सम्पत्ति ४३ अर्ब ५७ करोड ६० लाख रुपैयाँ पुगेको छ।

यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.९८ प्रतिशतले बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्म यस्तो सम्पत्ति ३४ अर्ब ८६ करोड ६० लाख रुपैयाँ रहेको थियो। बैंकगत विवरणअनुसार नेपाल बैंकको २६ करोड ४२ लाख, राष्ट्रिय वाणिज्य बैंकको २८ करोड ८७ लाख, नबिल बैंकको ३ अर्ब ४१ करोड ४१ लाख तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ अर्ब ८७ करोड ९४ लाख रुपैयाँ गैर बैंकिङ सम्पत्ति रहेको छ।

त्यसैगरी हिमालयन बैंकको ६ अर्ब १३ करोड १ लाख, नेपाल एसबीआई बैंकको १ अर्ब २ करोड, एभरेष्ट बैंकको ५१ करोड ६९ लाख, एनआईसी एसिया बैंकको ४ अर्ब ३१ करोड ७४ लाख र माछापुच्छ्रे बैंकको ६० करोड रुपैयाँ गैर–बैंकिङ सम्पत्ति रहेको छ। यसैगरी कुमारी बैंकको २ अर्ब ४९ करोड ४ लाख, लक्ष्मी सनराइज बैंकको २ अर्ब २४ करोड ९० लाख, सिद्धार्थ बैंकको ७७ करोड २० लाख, कृषि विकास बैंकको १ अर्ब ३३ करोड ६८ लाख, ग्लोबल आईएमई बैंकको ५ अर्ब ९९ करोड ८७ लाख, सिटिजन्स बैंकको १ अर्ब २७ करोड ५० लाख, प्राइम कमर्सियल बैंकको ४ अर्ब ४१ करोड ५४ लाख, एनएमबी बैंकको १ अर्ब ८३ करोड २६ लाख, प्रभु बैंकको १ अर्ब ७५ करोड ५० लाख र सानिमा बैंकको १ अर्ब १ करोड ८४ लाख रुपैयाँ गैर बैंकिङ सम्पत्ति रहेको छ।

तथ्यांकअनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको भने समीक्षा अवधिसम्म गैर–बैंकिङ सम्पत्ति शून्य रहेको छ। बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा असुल हुन नसकेपछि धितो लिलामी बिक्री प्रक्रियामा लैजान्छन्। लिलामीमा बिक्री नभएमा बैंकले आफैं धितो सकारेर आफ्नो स्वामित्वमा लिन्छ। यसरी बैंकको स्वामित्वमा आएको जग्गा, भवन वा अन्य सम्पत्तिलाई नै ‘गैर बैंकिङ सम्पत्ति’ शीर्षकमा राखिन्छ।







# वाणिज्य बैंक# गैर-बैंकिङ सम्पत्ति
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

सम्बन्धित लेख
विशेष समाचार

छुटाउनुभयो कि ?