National life

बैंकरसंगको भेटमा अर्थमन्त्रीको दाबी : अब राजनीतिक स्थिरता आई अर्थतन्त्र चलायमान हुन्छ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ साउन २०८१, मङ्गलबार
778Shares
बैंकरसंगको भेटमा अर्थमन्त्रीको दाबी : अब राजनीतिक स्थिरता आई अर्थतन्त्र चलायमान हुन्छ
ncell

काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार स्थायी सरकारको रुपमा लामो समयसम्म रहने दाबी गर्दै राजनीतिक स्थिरता आई अर्थतन्त्र चलायमान हुने दाबी गरेका छन् । नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरुसँगको भेटमा मन्त्री पौडेलले सो कुरा बताएका हुन्।

भेटमा संघका अध्यक्ष सुनिल के.सी.ले बैंकिङ्ग क्षेत्रले मुलुकको आर्थिक बृद्धिमा पुर्याएको योगदान बारेमा स्मरण गराउँदै पछिल्लो समयमा देखा परेको बैंकिङ्ग क्षेत्रका चुनौतीहरुका विषयमा जानकारी गराएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै, बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्दो क्रममा रहेको परिप्रेक्षमा पनि कर्जा बिस्तारमा देखिएको संकुचनले अपेक्षाकृत रुपमा बजार चलायमान हुन नसकेको परिस्थितिमा अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ सरकार अग्रसर हुनुपर्ने धारणा राखेका छन् ।

भेटका क्रममा संघका पदाधिकारीहरुलेपछिल्लो समय वित्तीय क्षेत्रको बारेमा जनमानसमा बढ्दै गएको नकारात्मक धारणा, बैंक तथा वित्तीय संस्था लक्षित आक्रमण, बैंकको घट्दै गइरहेको प्रतिफल, बढ्दो खराब कर्जा जस्ता विषयमा मन्त्री पौडेललाई जानकारी गराएका छन् ।

वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि सरकारलाई सहयोग गर्न सदैव बैंक सधैं तत्पर रहेको मन्त्री पौडेल समक्ष बैंकरहरुले प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा अर्थमन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाहरुले पुर्याएको योगदानको प्रशंसा गर्दै हाल अर्थतन्त्रमा देखा परेका चुनौतीहरुको सहज समाधानका लागि सरोकारवालाहरु एकजुट भएर अर्थतन्त्र चलायमान बनाउने तर्फ सबै लाग्नु पर्ने बताए ।

मुख्यतः वर्तमान अर्थतन्त्रको प्रमूख चुनौतीको रुपमा आम मानिस तथा उद्यमी, व्यवसायीमा घट्दै गएको आत्मविश्वासलाई उच्च बनाउँदै आर्थिक क्रियाकलापलाई बढाउने तर्फ सबै सरोकारवाला गम्भिर भएर लाग्नु पर्ने बताए । भेटको क्रममा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलले सरकार सबैको अभिभावक भएको कारण सबैको समस्यालाई आत्मसाथ गर्दै समस्याको समाधानको लागि अग्रसर रहेको विश्वास दिलाए ।

साथै, बैंकका कर्मचारी माथि भएको भौतिक तथा मानसिक आक्रमण बन्द गर्न सरकार प्रतिबद्ध रहेको बताए। जनताबाट उठाएको पैसा नै बैंकले लगानी गर्ने भएको कारण समाजमा बढ्दै गईरहेको ऋण लिएर तिर्दिन भन्ने प्रबृत्ति अन्त्य गर्न राज्य तत्पर रहेको बताए । बर्तमान सरकार स्थायी सरकारको रुपमा लामो समयसम्म रहने भएकोले अर्थतन्त्रमा देखिएको राजनैतिक अस्थिरताको समस्या अन्त्य हुन गई अर्थतन्त्र चलायमान हुने विषयमा सबैलाई आशाबादी हुन आग्रह गरे ।

यो समाचार शेयर गर्नुहोस्
778SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?