National life

बैंकिङ क्षेत्रमा अधिक तरलता कायमै, आज पनि ३० अर्ब तान्दै राष्ट्र बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१० फागुन २०८२, आइतबार
1.1kShares
बैंकिङ क्षेत्रमा अधिक तरलता कायमै, आज पनि ३० अर्ब तान्दै राष्ट्र बैंक
ncell

काठमाडौँ । बैंकिङ क्षेत्रमा देखिएको अधिक तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले आज पनि ३० अर्ब रुपैयाँ बराबरको रकम बजारबाट तान्ने भएको छ। केन्द्रीय बैंकले ८७ दिन अवधिको निक्षेप संकलन उपकरण प्रयोग गर्दै उक्त रकम झिक्न लागेको हो।

इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन्।

राष्ट्र बैंकका अनुसार अनलाइन बोलकबोल प्रणालीमार्फत आज दिउँसो ३ बजेसम्म आवेदन दिन सकिनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
संकलित रकमको मूलधन र ब्याज भुक्तानी २०८३ साल जेठ ६ गते गरिनेछ।

यस निक्षेप संकलन प्रक्रियामा केन्द्रीय बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन पाउनेछन्।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?