National life

बैंकिङ क्षेत्र उत्साहजन हुँदा, सेयर बजारमा २४ अंकको वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ वैशाख २०८१, सोमबार
1.2kShares
बैंकिङ क्षेत्र उत्साहजन हुँदा, सेयर बजारमा २४ अंकको वृद्धि
ncell

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारको परिसूचक नेप्से २४ अंक बढ्न पुगेको छ । सो अंकको वृद्धिपछि नेप्से १९९८ अंकमा कायम भएको हो।

नेप्सेसँगै कारोबार रकम समेत बढेको अवस्था आज छ भने हिजो साताको पहिलो दिन आईतबार ३ अर्ब १५ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४० करोडको भयो । १४८ कम्पनीको मूल्य बढ्दा ८५ को घट्यो भने ११ को स्थिर रहेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकिङ क्षेत्रको सूचक सबैभन्दा धेरै ३.२ प्रतिशत बढेको छ । त्यस्तै लगानी समूह २ प्रतिशत बढेको छ। अंकका आधारमा बैंकिङ ३२, विकास बैंक १२, हाइड्रोपावर १३, जीवन बीमा ५०, माइक्रोफाइनान्स ३० र अन्य समूह १४ ले बढेको नेप्सेमा देखिन्छ ।

सीवाईसी लघुवित्तको ५.६, आरम्भ चौतारी लघुवित्तको ३।३ तथा रिभर फल्स पावरको २.५ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा संस्थापक, सीईडीबी हाइड्रोपावर, कर्णाली विकास बैंक, पोखरा फाइनान्स र कुमारी बैंक क्रमशः अगाडि रहेको देखिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?