National life

बैंकिङ प्रणालीमा अधिक तरलता ,बजारबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ असार २०८१, बुधबार
604Shares
बैंकिङ प्रणालीमा अधिक तरलता ,बजारबाट ५० अर्ब तान्दै राष्ट्र बैंक
ncell

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएसंगै नेपाल राष्ट्र बैंकले आज बजारबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले बोलकबोलमार्फत् निक्षेप संकलन गरी आधा खर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो ।

बैंकहरुले आज ३ बजेसम्म आफूलाई बढी भएको तरलता निक्षेपमा राख्न अनलाइनमार्फत् बोलकबोल गर्नुपर्नेछ । उनीहरुले घटिमा १० करोड र ५ करोडले निःशेष भाग जाने कुल आह्वान रकम बराबरको रकम राख्ने कबोल गर्नुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसरी राखिने निक्षेपको ब्याजदर बोलकबोलबाटै तय हुनेछ ।

केन्द्रीय बैंकले ब्याजदरलाई नियन्त्रणमा राख्न तथा तरलता व्यवस्थापनका लागी ब्याजदर करिडोर लागू गरेको छ । यो व्यवस्था अनुसार राष्ट्र बैंकले अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल हुँदा बजारबाट पैसा झिक्ने गर्छ भने ७ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउने गर्छ । केन्द्रीय बैंकले २१ दिन अवधिका लागि तरलता खिच्न लागेको हो । सो रकम परपक्व भएपछि ब्याजसमेत फिर्ता हुनेछ ।

राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा अहिले ९२ अर्ब रुपैयाँ अधिक तरलता छ । तरलता बढेर अन्तर बैंक ब्याजदर निकै तर आउन थालेपछि ३ प्रतिशतभन्दा तल झरेको छ ।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
604SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?