National life

बैंक र भन्सार दशैं बाहेक अन्य दिन सञ्चालन गरिने, सार्वजनिक बिदामा खुला रहने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ असोज २०८२, बुधबार
1.4kShares
बैंक र भन्सार दशैं बाहेक अन्य दिन सञ्चालन  गरिने, सार्वजनिक बिदामा खुला रहने
ncell

काठमाडौँ । यस वर्षको दसैँको दिन बाहेक अन्य सार्वजनिक बिदामा बैंक र भन्सार खुला राखिने व्यवस्था मिलाइएको छ ।  अर्थ मन्त्रालयले मङ्गलवार निजी क्षेत्रका प्रतिनिधिसँग गरेको छलफलमा अर्थ सचिव घनश्याम उपाध्यायले यस्तो जानकारी दिएका छन्।

उपाध्यायका अनुसार, आयात–निर्यात र वित्तीय कारोबारमा अवरोध नहोस् भन्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको जनाएका छन् । उनले हालै पहिरोका कारण अवरुद्ध भएको तातोपानी नाकालाई पनि छिट्टै खोल्ने विषयमा सरकार गम्भीर रहेको जनाएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मङ्गलवार अर्थमन्त्री रामेश्वर खनाल सहित मन्त्रालयमा उद्योगी तथा व्यवसायीहरूसँग विस्तृत छलफल भएको थियो। यसमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल अटो डिलर्स एसोसिएसन, चौधरी ग्रुप र भाटभटेनी ग्रुपलगायतका प्रतिनिधिहरू सहभागी थिए।

उद्योगी तथा व्यवसायीहरूले कर सहुलियत, सहुलियतपूर्ण कर्जा, बीमा रकमको शीघ्र भुक्तानी लगायतका माग राखेका थिए। जवाफमा अर्थमन्त्री खनालले व्यापार र उद्योग क्षेत्रलाई सहजीकरण गर्ने उद्देश्यले सरकार एकीकृत व्यापार पुनरुत्थान योजना ल्याउने तयारीमा रहेको जनाएका थिए ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?