National life

बैंक वित्तीय संस्थाले गरे ११ महिनामा २ खर्ब ७७ अर्ब बढी कर्जा प्रवाह, कुन बैंकले कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ साउन २०८२, शुक्रबार
519Shares
बैंक वित्तीय संस्थाले गरे ११ महिनामा २ खर्ब ७७ अर्ब बढी कर्जा प्रवाह, कुन बैंकले कति ?
ncell

काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा बैंक तथा वित्तिय संस्थाहरूले २ खर्ब ७७ अर्ब ७१ करोड रुपैयाँ घर जग्गा कर्जा प्रवाह गरेका छन् ।

नेपाल राष्ट्र बैंकले तथ्यांक अनुसार बैंक तथा वित्तिय संस्थाहरूले जेठ मसान्तसम्ममा उक्त रकम बराबरको घर जग्गा कर्जा प्रवाह गरेका हुन् । जसमा वाणिज्य बैंकहरुले २ खर्ब ३२ अर्ब ३७ करोड रुपैयाँ घर जग्गा कर्जा प्रवाह गरेका छन् । भने विकास बैंकहरुले ३३ अर्ब ५७ करोड रुपैयाँ र फाइनान्स कम्पनीहरूले ११ अर्ब ७६ करोड रुपैयाँ घर जग्गा कर्जा प्रवाह गरेका छन् ।

Royal Enfield
nic asia capital

साथै, वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै घर जग्गामा लगानी गर्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । बैंकले जेठ मसान्तसम्ममा २५ अर्ब ६ करोड रुपैयाँ घर जग्गा कर्जा प्रवाह गरेको छ ।

त्यस्तै, एनआईसी एसिया बैंक बैंकले २४ अर्ब ८३ करोड रुपैयाँ घर जग्गामा लगानी गरेको छ । यस बैंक लगानी रकमको आधारमा दोस्रो स्थानमा रहेको भने तेस्रोमा नबिल बैंक रहेको छ । बैंकले २४ अर्ब ३६ करोड रुपैयाँ घर जग्गामा लगानी गरेको छ ।

त्यसैगरी, चौथो स्थानमा प्राइम कमर्सियल बैंक रहेको छ । बैंकले २३ अर्ब १९ करोड रुपैयाँ घर जग्गामा लगानी गरेको छ । भने बाकी रहेका बैंकहरु नेपाल बैंकले ८ अर्ब ७० करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १० अर्ब ३ करोड रुपैयाँ घर जग्गा कर्जा प्रवाह गरेको छ ।

यता, स्ट्यान्डर्ड चाटर्ड बैंकले ८ अर्ब ७१ करोड, हिमालयन बैंकले ११ अर्ब ६० करोड, नेपाल एसबीआई बैंकले ४ अर्ब १ करोड रुपैयाँ घर जग्गा कर्जा प्रवाह गरेका छन् । एभरेष्ट बैंकले ८ अर्ब २७ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब ७६ करोड, कुमारी बैंकले ८ अर्ब ३९ करोड, लक्ष्मी सनराइज बैंकले १६ अर्ब ९६ लाख रुपैयाँ घर जग्गामा लगानी गरेका छन् ।

जेठ महिनासम्मको अवधिमा सिद्धार्थ बैंकले ४ अर्ब ३६ करोड, कृषि विकास बैंकले २ अर्ब ५ करोड, ग्लोबल आईएमई बैंकले १८ अर्ब ५३ करोड, सिटिजन्स बैंकले ४ अर्ब ९२ करोड, एनएमबी बैंकले ५ अर्ब ८९ करोड, प्रभु बैंकले १४ अर्ब ७८ करोड र सानिमा बैंकले ६ अर्ब ८४ करोड रुपैयाँ घर जग्गामा लगानी गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
519SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?