काठमाडौँ । साताको दोस्रो कारोबारका दिन आज नेप्से १५.३३ अकंले बढेर २१०१.१६ बिन्दुमा बन्द भएको छ । आज शेयरबजारमा ३१४ कम्पनीको १ करोड १ लाख ८ हजार १२२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार रुपैयाँको कारोबार भएको छ ।
फागुन १ गतेदेखि लागू हुने गरी बैंकहरुले ब्याजदर घटाएसंगै शेयरबजारमा सुधार देखिएको छ । सेयर बजारको मुख्य शत्रुको रुपमा लिइएको ब्याजदर घट्दा शेयर बजारमा निरन्तर मात्रामा सुधार आउने आकलन गरिएको छ ।
यता, राष्ट्र बैंकले समेत मौद्रिक नीतिको दोस्रो समिक्षा सार्वजनिक गर्ने तिर लागि परेको छ । लगानीकर्ता पर्ख र हेरको अवस्था रहेका छन् । नियामकले केहि सामान्य बाधा गर्ने नीतिमा सुधार गर्दा सेयर बजारमा उछाल आउने देखिन्छ ।
नेप्सेमा सूचीकृत कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरी रहेका छन् । कम्पनीको नाफामा संकुचनदेखि प्रतिसेयर आम्दानी समेत घटि रहेको छ । सोहि कारणले समेत लगानीकर्ता डराएको जानकारहरुका तर्क छन् ।
सोमबार १२ उपसूचकमा हरियाली आएको छ । आज अन्य समूहबाहेक समम्पूर्ण सूचक ओरालो लागेका हुन् । आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । आज कम्पनीको २३ करोड २ लाख ४५ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चरको १६ करोड ३० लाख २५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।त्यस्तै उक्त दिन एनआइसी एशिया बैंकको १३ करोड ७७ लाख ४७ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सको १३ करोड ३७ लाख ३ हजार रुपैयाँ र सोनापुर मिनरल्सको १० करोड २७ लाख ११ हजार रुपैयाँको कारोबार भएको हो ।

































