National life

ब्रिटिस कलेजले ल्यायो डेटा साइन्समा स्नातक कार्यक्रम (भिडियो सहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ भदौ २०८२, आइतबार
470Shares
ब्रिटिस कलेजले ल्यायो डेटा साइन्समा स्नातक कार्यक्रम (भिडियो सहित)
ncell

काठमाडौँ । विश्वमा हरेक पल विशाल मात्रामा डेटा उत्पादन भइरहेको अवस्थामा दक्ष डेटा वैज्ञानिकको माग उल्लेख्य रूपमा बढिरहेको छ । त्यही मागलाई परिपूर्ति गर्न ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित ब्रिटिस कलेजले डेटा साइन्स विषयमा स्नातक तहको पढाइ सुरु गर्ने घोषणा गरेको छ। कलेजले गत शुक्रबार एक विशेष समारोहको आयोजना गर्दै बेलायती विश्वविद्यालयसँगको साझेदारीमा चार वर्षे ब्याचलर्स कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको हो ।

सो ब्याचलर्स (अनर्स) इन डेटा साइन्स कार्यक्रम आधुनिक डेटा प्रविधिमा आधारित व्यावहारिक ज्ञान, विश्लेषणात्मक क्षमता र प्राविधिक दक्षता विकासमा केन्द्रित रहने जनाइएको छ।

Royal Enfield
nic asia capital
कार्यक्रमले डेटा विश्लेषण, कृत्रिम बुद्धिमत्ता र डिजिटल प्रविधिका क्षेत्रमा उत्तरदायी र नैतिक निर्णय गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ। ब्रिटिस कलेजले यो कार्यक्रमले डिजिटल युगमा अग्रणी बन्न चाहने विद्यार्थीहरूलाई नेपालमै उत्कृष्ट अवसर प्रदान गर्ने विश्वास लिएको जनाएको छ।

यही पृष्ठभूमिमा डेटा साइन्सलाई उच्चतम भुक्तानी र छिटो बढ्दो करियर विकल्पका रूपमा हेर्ने गरिएको छ। "यस्ता पहलहरूले गुणस्तरीय शिक्षा र शीघ्र रोजगारीको अवसर दिन सक्छन् जसले गर्दा नेपाली युवा विदेशिनु पर्दैन, "नेपालका लागि बेलायती राजदूत रोब फेनले भने, "म अध्ययनका लागि विदेश जाने प्रवृत्तिको विरोध गर्दिनँ तर आफ्नै देशमा पनि त्यही स्तरको शिक्षा उपलब्ध हुनुपर्छ ।"

ब्रिटिस कलेजका प्रमुख कार्यकारी अधिकृत राजन कँडेलले भने, “नेपालमै विश्वस्तरीय शिक्षा प्रदान गर्ने हाम्रो अभियानमा यो कार्यक्रम अर्को महत्त्वपूर्ण पाइला हो । डेटा साइन्स भविष्य हो र यसले विद्यार्थीहरूलाई नवीनता र नेतृत्व क्षमतामा सशक्त बनाउनेछ।”

उनका अनुसार यो कोर्स विशेष गरी सूचना प्रविधि, व्यवसाय, स्वास्थ्य सेवा र प्रविधि–आधारित अन्य क्षेत्रमा काम गर्न चाहने विद्यार्थीहरूका लागि उपयुक्त हुनेछ। कलेजले यस कार्यक्रमलाई नेपालको शिक्षा प्रणालीमा एक कोसेढुङ्गाको रूपमा लिएको छ। विद्यार्थीहरूले सिद्धान्त र व्यवहारबीच सन्तुलन कायम राख्दै वास्तविक डेटा सेट, सफ्टवेयर उपकरणहरू र आधुनिक प्रविधिको प्रयोगमार्फत सिक्ने अवसर प्राप्त गर्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
470SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?