National life
cg eloctronics

भारत र पाकिस्तानलाई शान्तिको बाटो रोज्न आग्रह सहित मानव अधिकारकर्मीको प्रदर्शन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ वैशाख २०८२, शुक्रबार
454Shares
भारत र पाकिस्तानलाई  शान्तिको बाटो रोज्न आग्रह सहित मानव अधिकारकर्मीको प्रदर्शन
ncell

काठमाडौँ ।  भारत र पाकिस्तानबिच चलिरहेको तनावलाई रोक्न माग गर्दै नेपालस्थित दुवै देशका दूतावास अगाडि प्रदर्शन गरिएको छ । मानव अधिकार तथा शान्ति समाजले दुवै दूतावास अगाडि पुगेर शान्तिको बाटो रोज्न आग्रह गर्दै शान्तिपूर्ण रूपमा प्रदर्शन गरेका हुन्।

उनीहरूले शान्तिको कुनै विकल्प नभएको भन्दै वार तत्काल बन्द गर्न आग्रह गरेका छन् । स्टप वार, पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन, कारबाही गर, शान्तिको कुनै विकल्प छैन, युद्धको कुनै भविष्य हुँदैन, युद्धमा कसैले पनि जित्दैनन् लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरिरहेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

भारत र पाकिस्तानबिचको क्षेत्रीय तनावप्रति प्रतिनिधिसभा सदस्यहरूले समेत चिन्ता प्रकट गरेका छन् । क्षेत्रीय अशान्तिको प्रभाव नेपालमा पनि पर्ने भन्दै उनीहरूले आवश्यक सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

त्यसक्रममा सांसदहरूले आयातमा पर्ने प्रभावदेखि दुवै देशका नेपालीको सुरक्षामा सरकारले उचित ध्यान दिन सक्नुपर्ने बताए । कस्मिरको पहलगाममा दुई साताअघि भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबिच ड्रोन र मिसाइल आक्रमण भइरहेका समाचार बाहिरिएका छन् ।

उक्त आक्रमणपछि भारतले ‘अपरेसन सिन्दूर’ घोषणा गरेको थियो । सोही अनुसार बुधवार बिहान पाकिस्तान र पाकिस्तान प्रशासित कस्मिरका नौ स्थानमा मिसाइल हमला गरेको थियो जसमा आतंकवादी शिविरलाई निसाना बनाइएको दाबी भारतको थियो । उता पाकिस्तानले भने महिला, बालबालिकासहित कम्तीमा ३१ जना मारिएको जनाएको थियो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
454SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?