काठमाडौं। भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले छानबिन समिति बनाउन ५ बुँदे प्रस्ताव पठाएको छ ।
संसदमा केही दिनदेखि देखिएको गति अवरोध फुकाएर सहमति गर्न उक्त प्रस्ताव रास्वपाले ५ बुँदे प्रस्ताव पठाएको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, प्रतिपक्षी दलहरू रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत दलहरूले पटक संसद अवरोध गर्दै आएका छन्।
सोमबार पनि विपक्षीहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ ।


































