National life

प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ जेठ २०८२, सोमबार
493Shares
प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित
ncell

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आधा घण्टाको लागि रोकिएको छ । भिजिट भिसा प्रकरणमा दलहरूबीच कुरा नमिल्दा प्रतिनिधिसभाको बैठक रोकिएको हो । दिउँसो २ बजेका लागि तोकिएको बैठक ढिलो गरेर सुरु भएको भएपनि विपक्षी दलका सांसदहरूले नाराबाजी गरेपछि बैठक रोकिन पुगेको हो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको मागमा विपक्षी दलहरूले अडान यथावत् राखेका छन्।

Royal Enfield
nic asia capital
नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाउनुभएको विपक्षी दलहरूको बैठकले छानबिन समिति सुनिश्चित नभएसम्म सदन खोल्न नसक्ने निष्कर्ष निकालेको छ ।

नेपाली कांग्रेस लचक भए पनि प्रधानमन्त्री केपी ओलीको अनिच्छाका कारण सदनको गतिरोध लम्बिइरहेको माओवादीको दाबी छ । गएको जेठ १३ गतेदेखि प्रतिनिधिसभाको बैठक अवरुद्ध हुँदै आएको छ ।

विपक्षीहरूले बजेट प्रस्तुत गर्ने प्रयोजनका लागि जेठ १५ गतेको बैठक चल्न दिए पनि त्यसपछिका बैठकमा निरन्तर अवरोध गरेका छन् । प्रतिपक्ष दलले भने अब छानबिन समिति समेत गठन नगर्ने र जबरजस्त रूपमा भए पनि संसद् सुचारु गर्ने टिप्पणी गर्दै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
493SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?