National life

भुजुङ हाइड्रोपावरको आईपीओ माघ १२ देखि खुल्दै, सर्वसाधारणलाई ८.३० लाख कित्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०२ माघ २०८२, शुक्रबार
980Shares
भुजुङ हाइड्रोपावरको आईपीओ माघ १२ देखि खुल्दै, सर्वसाधारणलाई ८.३० लाख कित्ता
ncell

काठमाडौं । भुजुङ हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) माघ १२ गतेदेखि सर्वसाधारणका लागि खुल्ने भएको छ। यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बाँडफाँड सम्पन्न भइसकेको कम्पनीले जनाएको छ।

कम्पनीले सर्वसाधारण समूहका लागि ८ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो। प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ रहेको यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम धितोपत्र बोर्डले तोकेको सीमाभित्र रही आवेदन दिन सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले भुजुङ हाइड्रोपावरलाई जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत, अर्थात् २० करोड रुपैयाँबराबरको साधारण सेयर निष्कासन गर्न अनुमति दिएको थियो। सो अनुमतिअनुसार, जारी पुँजीको १० प्रतिशत (१० करोड रुपैयाँ) आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र बाँकी १० प्रतिशत (१० करोड रुपैयाँ) सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको हो।

यो समाचार शेयर गर्नुहोस्
980SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?