National life

भोली देशभर सार्वजनिक बिदा: बैंक वित्तीय संस्था र शेयर बजार बन्द रहने 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ पुस २०८१, आइतबार
638Shares
भोली देशभर सार्वजनिक बिदा: बैंक वित्तीय संस्था र शेयर बजार बन्द रहने 
ncell

काठमाडौँ । सरकारले तमु ल्होसार पर्वको अवसरमा भोली सोमबार सार्वजनिक बिदा दिने भएको छ । जस अनुसार भोली सोमबारका दिन देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेशस्थित कूटनैतिक नियोगमा समेत सार्वजनिक बिदा दिइने छ । त्यसका साथै शेयर बजार बैंक वित्तीय संस्था समेत बन्द रहने भएको छ ।

तमु ल्होसार गुरुङ जातिको मुख्य चाड हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो चाड खास गरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाउँदै थालिएको छ। ल्होसार भनेको नयाँ वर्ष हो । हाल यो हिन्दु जातिको भारतीय पात्रो विक्रम संवत्को पुस महिनाको १५ गतेलाई आधार मानेर मनाइने चलन छ। तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको सङ्केत गर्दछ ।

प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पत्ति भएको मानिँदै आएको छ । ल्होसारको अघिल्लो दिन अर्थात् आज साँझदेखि नै यसलाई मनाउन सुरु गरिन्छ । साँझ पूजापाठ, भोजभतेर, नाचगान गरी आधा रातमा ुुनयाँ वर्ष आयो भन्दै नयाँ वर्षको स्वागत गरिने लगायतका नाचगानका कार्यक्रम गरिन्छ ।

ल्होसारको दिन बिहानदेखि नै ढोग-भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धूमधामका साथ मनाइन्छ । ल्होसारको दिन गुरुङ जातिहरू आफ्नै शैलीका भेषभुषा लगाएर सजिन्छन् अन्य जातले जस्तै गुरुङ जातिहरूको पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली छ, यी जातिहरूमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर प्रचलित नाच कौडा नाच नाचेर आफ्ना परिवार, साथीभाइहरूसँग रमाइलो गर्छन्।

यो समाचार शेयर गर्नुहोस्
638SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?