National life

मध्य जापान आसपासमा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या ३० पुग्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ पुस २०८०, मङ्गलबार
610Shares
मध्य जापान आसपासमा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या ३० पुग्यो
ncell

काठमाडौँ । मध्य जापान र आसपासका क्षेत्रमा सोमबार गएको शक्तिशाली भूकम्पका कारण मृत्यु  हुनेको सङ्ख्या ३० पुगेको छ।

भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावा प्रान्तमा भवन भत्किँदा र आगलागी हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बताइएको छ।

क्षतिको थप विवरण र फसेका व्यक्तिहरूको बारेमा अन्यत्रबाट जानकारी आउने क्रम जारी रहेको बताइएको छ। जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई दुःखविरुद्धको लडाइँ भन्दै सरकारले प्रभावित क्षेत्रमा केही आत्मरक्षा बल पठाएको र सहयोग जारी राख्ने बताएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सोमबार इशिकावा प्रान्तको नोटो प्रायद्वीपमा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो। जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई सन् २०२४ मा नोटो प्रायद्वीप भूकम्पको नाम दिएको छ।

भूकम्पले निगाटा, टोयामा, फुकुई र गिफु प्रान्तमा पनि क्षति पुर्‍याएको छ। सोमबारदेखि जापानमा कम्तीमा १५५ भूकम्प गएको छ।

यो समाचार शेयर गर्नुहोस्
610SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?