National life

माछापुच्छ्रे बैंकको लाभांश घोषणा, बोनस कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१३ भदौ २०८०, बुधबार
660Shares
माछापुच्छ्रे बैंकको लाभांश घोषणा, बोनस कति ?
ncell

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको बुधबार बिहान बसेको संचालक समितिको बैठकले गत बर्षको खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको १४ प्रतिशत (कर सहित) लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि १४ प्रतिशत लाभांश बितरण गर्ने भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले उक्त लाभांशलाई नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामि बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्नेछ ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
660SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?