National life

मापदण्ड नमान्ने पेट्रोल पम्पमाथि कारबाहीको चेतावनी जारी

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०५ जेठ २०८३, मङ्गलबार
1.4kShares
मापदण्ड नमान्ने पेट्रोल पम्पमाथि कारबाहीको चेतावनी जारी
ncell

काठमाडौं । नेपाल आयल निगमले देशभरका पेट्रोलियम विक्रेतालाई विक्रीस्थल व्यवस्थापन, सुरक्षा मापदण्ड र उपभोक्ता सेवामा कडाइ गर्न निर्देशन जारी गरेको छ। निगमले तोकिएका मापदण्ड पालना नगरे कारबाही हुने चेतावनीसमेत दिएको छ।

निगमका अनुसार पेट्रोल पम्प तथा विक्रीस्थलमा इन्धनको गुणस्तर, स्वच्छता र सुरक्षालाई विशेष प्राथमिकता दिनुपर्नेछ। आगलागी जोखिम घटाउन अर्थिङ प्रणाली अनिवार्य रूपमा जडान गर्नुपर्ने र आगो नियन्त्रणका उपकरणहरू सधैं तयारी अवस्थामा राख्नुपर्ने निर्देशनमा उल्लेख छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, ट्याङ्करबाट इन्धन अनलोड गर्दा बिक्री कार्य पूर्ण रूपमा रोक्नुपर्ने व्यवस्था गरिएको छ। उपभोक्ता सुविधाका लागि स्वच्छ पिउने पानी, नियमित सरसफाइ भएको शौचालय निःशुल्क प्रयोगको व्यवस्था, तथा मूल्यसूची सबैले स्पष्ट देख्ने स्थानमा राख्नुपर्ने पनि निगमले जनाएको छ।

साथै, विक्रीस्थलमा उचित ढल निकास, पर्याप्त प्रकाश व्यवस्था, क्यानोपी मर्मत, परिसर सरसफाइ, सौन्दर्यीकरण र हरियाली प्रवर्द्धन गर्नुपर्ने समेत निर्देशन दिइएको छ। निगमले जुनसुकै समयमा अनुगमन हुने र मापदण्ड उल्लंघन भए नियमअनुसार कारबाही हुने स्पष्ट पारेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?