National life

सहकारी प्रकरणमा मुछिएका धनराजका पूर्वपत्नी गुरुङ र भण्डारीविरुद्ध रेड नोटिस जारी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ कात्तिक २०८१, शुक्रबार
612Shares
सहकारी प्रकरणमा मुछिएका धनराजका पूर्वपत्नी गुरुङ र भण्डारीविरुद्ध रेड नोटिस जारी
ncell

काठमाडौँ । मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लागेका ज्योति गुरुङ र ज्योति बहादुर भण्डारीविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको छ।

गुरुङ र भण्डारीविरुद्ध इन्टरपोलको महासचिवालयबाट रेड नोटिस जारी भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जानकारी दिएको छ । ललितपुर महानगरपालिकास्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको आरोपमा जाहेरी दर्ता गरेर उनीहरुविरुद्ध नोटिस जारी गर्न नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी) ले इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको थियो ।

ज्योति भण्डारीले सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यता, भण्डारी भने कम्बोडियामा लुकेको आशंका गरिएको छ । उनले ज्योति गुरुङबाट पनि रकम लगेर ऋण फिर्ता नगरेको सहकारीका सञ्चालकहरूको भनाई छ ।

मितेरीको रकम अपचलन गरेको भन्दै सो सहकारीका सञ्चालक समिति सदस्य बोधविक्रम थापाले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीमा) जाहेरी दिएका थिए। ज्योति धनराज धनराज गुरुङको पूर्व पत्नी हुन । उनीहरूले २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन्ध विच्छेद गरेको प्रमाण बाहिरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
612SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?