National life

मुक्तिनाथ विकास बैंकः एउटा जिल्लाबाट सुरु भएको यात्रा देशभर फैलिंदै,दौडमा सदैब उत्कृष्ट

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१८ पुस २०८२, शुक्रबार
1.3kShares
मुक्तिनाथ विकास बैंकः एउटा जिल्लाबाट सुरु भएको यात्रा देशभर फैलिंदै,दौडमा सदैब उत्कृष्ट
ncell

१९ वर्ष अगाडि “समुदायका लागि, समुदायबाटै” भन्ने नारा बोकेर स्थापना भएको मुक्तिनाथ विकास बैंक आज देशव्यापी पहुँचसहित वाणिज्य बैंक बन्ने दौडमा पुगेको छ ।

हालसालै सम्पन्न साधारण सभाले यस विकास बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नतिको लागि आवश्यक प्रकृया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत स्वीकृत गरेको छ ।

२०६३ साल पुस १९ गते स्याङजामा सुरु भएको एउटा सामुदायिक सपना आज राष्ट्रिय बैंकिङ यात्रामा रुपान्तरण हुँदैछ । सुरुमा स्याङजा, कास्की र तनहुँका केही सीमित क्षेत्रमै सेवा पुर्‍याउँदै अघि बढेको मुक्तिनाथ विकास बैंकले स्थानीय आवश्यकता, विश्वास र सहभागितालाई आफ्नो बल बनाएको अघि बढेको छ ।

एक जिल्लाबाट सुरु भएको यो बैंकिङ यात्रा क्रमशः विस्तार हुँदै आज देशका अधिकांश भू–भागमा फैलिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
स्थापना हुँदा जम्मा १३ जना कर्मचारीबाट सुरु भएको बैंकले आज १५ सय भन्दा बढी कर्मचारीलाई रोजगारी दिएको छ ।

सानो कार्यालयबाट सुरु भएको सेवामा आज १४ लाखभन्दा बढी ग्राहक जोडिएका छन् । नेपाली जनताको भरोसा र विश्वासका काय यो सफल भएको बैंकको भनाई छ ।

समयसँगै प्रविधि, सेवा र संरचनामा सुधार गर्दै मुक्तिनाथ विकास बैंकले आफूलाई केवल विकास बैंकमा सीमित राखेन, वित्तीय समावेशीकरण, ग्रामीण अर्थतन्त्रको सशक्तीकरण र आधुनिक बैंकिङ सेवामा अग्रसर रहँदै यसले नयाँ उचाइ तय गर्‍यो ।

बैंकको अध्यक्षमा खिम प्रकाश मल्ल रहेका छन् । प्रमुख कार्यकारी अधिकृत अर्थात, सीइओमा प्रद्युमन पोखरेल रहेका छन् । उनको कार्यकालमा बैंकले थप नयाँ उचाँइ चुम्न सफल भएको छ ।

कम्पनीको वित्तीय सूचकमा पनि सुधार देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकको आरओई ७.५६ प्रतिशत छ । एनपीएल तुलनात्मक रुपमा अरु बैंकहरुको भन्दा कम छ । बैंकको एनपीएल ४.०३ प्रतिशत छ । ३ महिनासम्मको रिपोर्ट अनुसार बैंकको लाभांश वितरण क्षमता १७.३८ प्रतिशत छ । प्रतिशेयर नेटवर्थ १७०.०२ रुपैयाँ छ ।

अरु वित्तीय सूचक कस्ता छन् ?

चुक्ता पूँजी र जगेडा कोष

चालु आवको असोजसम्म आइपुग्दा मुक्तिनाथ विकास बैंकको चुक्ता पूँजी ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ रहेको छ । २०७७-७८ मा बैंकको पूँजी ४ अर्ब ८१ करोड रुपैयाँ थियो ।

गत वर्षको नाफाबाट बोनस शेयर वितरण गरेपछि बैंकको पूँजी ८ अर्ब नाघेको छ । विकास बैंकमध्ये यो सबैभन्दा धेरै हो । यद्दपि, बैंकले अब वाणिज्य बैंक बन्ने तयारी थालेको छ ।

त्यसैगरी, जगेडा कोषमा ३ अर्ब ७० करोड जम्मा रहेको छ । ३ वर्षको अन्तरमा मुक्तिनाथको जगेडा कोषको आकार बढेर १ अर्ब ११ करोडबाट बढेर ३ अर्ब ७० करोड पुगेको हो ।

खुद ब्याज आम्दानी र नाफा

बैंकले चालु आर्थिक वर्षको ३ महिनामा २२ करोड ४७ लाख नाफा कमाएको छ । गत वर्षको १२ महिनामा बैंकले १ अर्ब ३५ करोड नाफा आर्जन गरेको थियो ।

३ महिना यस बैंकले १ अर्ब १८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष भने बैंकले ४ अर्ब ५७ करोड ब्याज आम्दानी गरेको थियो ।

 

निक्षेप संकलन र कर्जा प्रवाह

मुक्तिनाथले असोजसम्म १ खर्ब १४ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेर ९६ अर्ब ६५ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ । रिपोर्ट अनुसार यस बैंकले आक्रामक ढंगले निक्षेप संकलन गरेर कर्जा पनि सोही अनुसार प्रवाह गरेको छ ।

प्रतिशेयर आम्दानी

मुक्तिनाथ विकास बैंकको प्रतिशेयर आम्दानी १२.७६ रुपैयाँ रहेको छ । यो चालु आर्थिक वर्षको असोजसम्मको नाफा अनुसार निकालिएको हो । गत वर्ष यस बैंकको इपीएस १९.१६ रुपैयाँ थियो ।

बैंकले गत वर्षको नाफाबाट शेयरधनीलाई १८.२ प्रतिशत लाभांश, २०७९-८० मा १०.२६ प्रतिशत, २०७८-७९ मा १४.२१ प्रतिशत र २०७७-७८ मा यस बैंकले १८.५ प्रतिशत लाभांश दिएको थियो । यो बैंकले प्रयाः दोहोरो अंकको लाभांश दिएको छ ।

बैंकले बचत तथा चालु खाता, व्यक्तिगत तथा व्यवसायिक ऋण, कृषि तथा एसएमइ कर्जा, रेमिट्यान्स सेवा, डेबिट कार्ड, मोबाइल तथा इन्टरनेट बैंकिङजस्ता आधुनिक वित्तीय सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

डिजिटल बैंकिङ र शाखा सञ्जालको विस्तारसँगै यो बैंक आज नेपालका धेरै जिल्लामा फैलिएको छ । यसरी, यस बैंकले नेपाली बैंकिङ क्षेत्रमा आर्थिक समावेशीकरण र विकासको महत्वपूर्ण माध्यमका रुपमा स्थापित भएको हो ।

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?