National life

मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१२ जेठ २०८३, मङ्गलबार
1.9kShares
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ncell

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा एप’ मा नयाँ ‘सेल्फ–रिन्यु’ लगाएतको अन्य सुविधा थप गरेको छ । यस सुविधासँगै ग्राहकहरूले मोबाइल बैंकिङ सेवा नवीकरण गर्न शाखा धाउनुपर्ने बाध्यता हटेको बैंकले जनाएको छ ।

अब ग्राहकहरूले घरमै बसेर वा आफ्नो सहजता अनुसार यस बैंकको मोबाइल बैंकिङ्ग एप नवीकरण गर्न सक्नेछन् । त्यसको लागि एपमा लगइन गरी Expiry Pop-up देखिएपछि ‘Renew Now’ मा क्लिक गर्नुपर्ने हुन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसपछि नवीकरण शुल्क सम्बन्धी जानकारी तथा व्यवस्थापन पछि ‘Continue’ थिचेर आफ्नो Transaction Pin प्रविष्ट गरेपछि सेवा तुरुन्त सक्रिय हुने व्यवस्था रहेको छ । यस सेवाको साथमा बैंकले फाइदा एपबाट बैंक नगई ग्राहकले आफ्नो NID, PAN तथा ईमेल पनि अपडेट गर्न सक्ने व्यवस्था मिलाएको छ ।

बैंकले डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी र ग्राहकमैत्री बनाउन यो सुविधा ल्याइएको बैंकले जनाएको छ। मुक्तिनाथ फाइदा एपमार्फत ग्राहकहरूले विभिन्न बैंकिङ सेवा सहज रूपमा प्रयोग गर्न सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?