National life

मुक्तिनाथ विकास बैंकको नाफा ३०% ले बढ्यो, यस्ता छन् अन्य सूचक

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१५ वैशाख २०८३, मङ्गलबार
2KShares
मुक्तिनाथ विकास बैंकको नाफा ३०% ले बढ्यो, यस्ता छन् अन्य सूचक
ncell

काठमाडौँ। चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म मुक्तिनाथ विकास बैंकले ९४ करोड २६ लाख खूद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतले बढी हो ।

बैंकको खूद नाफा बढे पनि खराब कर्जा बढेका कारण बैंकको वितरणयोग्य मुनाफा तथा प्रतिसेयर नाफा भने घटेको छ। अघिल्लो वर्षको ९ महिनामा ४.४१ प्रतिशतमा सीमित खराब कर्जा अनुपात बढेर ४.८८ प्रतिशत पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो वर्ष करिब ६२ करोड रहेको वितरणयोग्य मुनाफा घटेर ४४ करोडमा सीमित बनेको छ भने वार्षिकीकृत प्रतिसेयर नाफा ८.०४ रुपैयाँबाट घटेर ७.०२ रुपैयाँमा सीमित भएको छ।

बैंकको सञ्चालन मुनाफा १ अर्ब ३ करोडबाट बढेर १ अर्ब ३५ करोडको उचाईमा पुगेको छ भने ३ अर्ब २८ करोडमा सीमित खूद ब्याज आम्दानी समेत वृद्धि भई ३ अर्ब ४४ करोड माथि पुगेको छ । खूद नाफा बढ्दा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) १३.७१ रुपैयाँबाट बढेर १५.७१ रुपैयाँ पुगेको छ ।

यस्तै, अघिल्लो वर्ष ०.७५ प्रतिशतमा सीमित रिटर्न अन एसेट बढेर ०.९३ प्रतिशत तथा ८.६६ प्रतिशतमा सीमित रिटर्न अन इक्वीटी बढेर १०.३८ प्रतिशतको उचाईमा पुगेको छ। नियामकीय व्यवस्थाका कारण बैंकले इम्पेयरमेन्ट चार्जको रुपमा छुट्याउने रकम घटेको देखिएको छ, जसअनुसार अघिल्लो वर्षको यही अवधिसम्म यस्तो चार्जको रुपमा १ अर्ब २३ करोड छुट्याएको बैंकले समीक्षा अवधिमा भने ९२ करोड ५७ लाख रुपैयाँ मात्र छुट्याउनु परेको छ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर नेटवर्थ १५५.०९ रुपैयाँ, पीई रेसियो २४.१३ गुणा, तरलता अनुपात २५.५१ प्रतिशत कायम भएको छ । बैंकले १ खर्ब १८ अर्ब ११ करोड बढी निक्षेप संकलन गरी ९८ अर्ब ९७ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म १ खर्ब १७ अर्ब ४३ करोड बढी निक्षेप संकलन गरी ९७ अर्ब २२ करोड बढी कर्जा परिचालन गरेको थियो।

यो समाचार शेयर गर्नुहोस्
2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?