National life

मेयर बालेनमाथि अख्तियारको छानबिन सुरु, भ्रमणमा ५२ लाख बढी खर्च गरेको प्रतिवेदन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ जेठ २०८२, बुधबार
466Shares
मेयर बालेनमाथि अख्तियारको छानबिन सुरु, भ्रमणमा ५२ लाख बढी खर्च गरेको प्रतिवेदन
ncell

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगर प्रमुख बालेन्द्र (बालेन) शाह माथि प्रारम्भिक छानबिन सुरु गरेको छ ।

मेयर बालेन माथि फ्रान्सको पेरिसमा आयोजित ७७औँ कान्स फिल्म फेस्टिभलमा सहभागिताबारे प्रश्न उठेपछि आयोगले छानबिन अघि बढाएको हो। स्रोतका अनुसार, आयोगले प्रारम्भिक अध्ययनमै खर्च र प्रक्रिया असंगत देखिएपछि थप अनुसन्धान अघि बढाएको हो ।

महालेखा परीक्षकको प्रतिवेदन २०८२ अनुसार, काठमाडौँ महानगरले सो भ्रमणमा ५२ लाख ५४ हजार रुपैयाँभन्दा बढी खर्च गरेको छ।

Royal Enfield
nic asia capital
तर,अधिकांश भुक्तानी नियमअनुसार नभएको भन्दै आपत्ति जनाइएको छ। स्थानीय तहका कर्मचारीको विदेश भ्रमणसम्बन्धी निर्देशिका, २०७५ अनुसार, विशिष्ट श्रेणीबाहेकका कर्मचारीको भ्रमण संघीय मामिला मन्त्रालयको स्वीकृतिमा हुनुपर्ने प्रावधान उल्लंघन भएको देखिएको छ।

छानबिनका क्रममा आयोगले मेयर सचिवालयका सल्लाहकार सुनिल लम्साल र कुमार ब्यन्जनकारलाई बयानका लागि बोलाएको छ। लम्साल ब्राजिल भ्रमणको हवाई खर्चमा महालेखाको प्रश्न रहेको छ भने ब्यन्जनकार मेयरसँगै कान्स भ्रमणमा सहभागी थिए।

हालका लागि मुद्दा चलाउने अवस्था नदेखिए पनि आयोगले उनीहरूको बयानले थप अनुसन्धानका दिशा तय गर्ने जनाएको छ। कतिपय विषय रकम फिर्तासँग पनि जोडिन सक्ने सम्भावना रहेको स्रोतको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
466SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?