National life

मौद्रिक नीतिको समिक्षा : लगानीकर्ताहरु भन्छन्,‘हाम्रो माग सम्बोधन भएन’

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ फागुन २०८०, मङ्गलबार
611Shares
मौद्रिक नीतिको समिक्षा : लगानीकर्ताहरु भन्छन्,‘हाम्रो माग सम्बोधन भएन’
ncell

काठमाडौं । मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाले शेयर बजारमा उत्साह छाउँने आशामा बसेका आम लगानीकर्ताहरु एकाएक निराश देखिएका छन् । मंगलबार शेयर बजारका अधिकांश सूचकहरुमा गिरावट आएसँगै उनीहरुले नेपाल राष्ट्र बैंकले लगानीकर्ताहरुमा (कन्फिडेन्ट) निर्धक्क लगानीको वाताबरण सिर्जना नसकेको बताएका हुन् ।

शेयर विश्लेषक तथा लगानीकर्ता तुलसीराम ढकालले आर्थिक भ्वाईससँग भने,‘मेरो धारणा स्पष्ट छ । मौद्रिक नीति गत भदौ ८ गते आयो त्यति बेलामा नै पुँजी बजारमा एक किसिमको अंकुश लगाइएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यो अंकुशलार्ई पछिल्ला दिनहरुमा राष्ट्र बैंकले बिस्तार बिस्तारै परिमार्जन पनि गर्दै लगेको थियो । तर, अहिले बैंक–वित्तीय संस्थालाई शेयर किन्न नदिने वातावरण बनाउँनेदेखि लिएर लोन लिएर लगानी गर्न चाहने लगानीकर्ताहरुका लागि समेत एक किसिमको अन्यौलता रहेको छ । रिक्स वेटेज १ सय ५० बनाइएको अवस्था छ ।’

ढकालले मौद्रिक नीतिले पुँजी बजारलाई नछोएको कारण केही निराशा देखिनु स्वभाविक रहेकोमा जोड दिए । उनले बैंकको ब्याज घट्दो क्रममा रहेको र तरलता संकुचनमा पनि सुधार देखिन थालेकाले छिट्टै शेयर बजारले रफ्तारको गती लिन्छ भन्ने प्रतिक्रीया दिएका छन् ।

त्यस्तै, अर्का शेयर विज्ञ मुक्ती अर्यालले भने,‘मौद्रिक नीति समिक्षामा शेयर बजारको नकारात्मक त केही पनि आएको छैन तर लगानीकर्ताहरुको आशा अनुरुप समिक्षा हुन भने सकेन । अझै खुकुलो गर्दियोस् भन्ने चाहना हुँदा हुँदै पनि त्यस्तो केही हुन सकेन । अब यो निराशा धेरै रहन सक्दैन । मैले देखेको पुँजी बजारमा निशास भइहाल्नु पर्ने अवस्था छैन तर बजारले आफ्नो पुरानो लय समात्न केही समय लिनसक्छ । लगानीकर्ताहरुमा मौद्रिक नीति समिक्षाको निराशा फेज आउट हुनलाई अझै एक, दुई दिन लाग्ने देखिन्छ ।’

अर्का सेक्युअर्ड र कालिका सेक्युरीटीमा आवद्ध रहेका पुराना शेयर लगानीकर्ता डुपेन्द्र भट्टराईले भने केही फरक धारणा दिएका छन् । लगानीकर्ता भट्टराई भन्छन्,‘मलाई मौद्रिक नीतिमा जहिले पनि औपचारिकता पूरा गर्ने किसिमका बुँदाहरु मात्र आउँछन् । अहिले शेयरबजारको बारेमा कम जानकार भएका व्यक्तीहरुले पनि शेयर विश्लेषक बन्ने ट्रेण्ड नै चलेको छ । पुँजी बजारको आधिकारी सूचना बिनै भ्रम र हल्लाको खेती गर्दा त्यसले लाखौ लगानीकर्ताहरुको करौडौं रकम जोखीममा पारेको छ ।’

उनले जहिले पनि शेयर बजारमा जानकारी भएको मान्छेले जानेका कुरा मात्र सार्वजनिक गर्ने र लगानीकर्ताहरुले पनि कम्पनीबारेमा स्वअध्ययन गरेर लगानी गरेमा बजार एक्कासी घट्ने वा बढ्ने अवस्थामा कमी आउँने बताएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
611SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?