काठमाडौँ। म्याग्दीमा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता कायम राखेका छन्। सुरुवाती मतगणनाअनुसार त्रिभुज चुनाव चिह्नबाट चुनावी मैदानमा रहेका पुनले ९६६ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण श्रेष्ठले ६१२ मत पाएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका अर्जुनबहादुर थापाले ४७१ मत प्राप्त गरेका छन्। कांग्रेसका कर्णबहादुर भण्डारीले ३९५ मतसहित पछाडि रहेका छन्।


































