National life

म्याग्दीमा २२ हजार बढी मतसहित महावीर पुन निर्वाचित

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२३ फागुन २०८२, शनिबार
1.4kShares
म्याग्दीमा २२ हजार बढी मतसहित महावीर पुन निर्वाचित
ncell

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार तथा निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुन निर्वाचित भएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पुनले २२ हजार ८५० मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार हरिकृष्ण श्रेष्ठ ले ७ हजार ९१९ मत प्राप्त गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी ले ६ हजार ८८४ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा ले ३ हजार ५२९ मत प्राप्त गरेका छन्। मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा का अनुसार बिहीबार सम्पन्न मतदानमा म्याग्दीमा रहेका ८६ हजार ३९७ मतदाता मध्ये ४६ हजार २१५ मत खसेको थियो।

स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका पुनको विजयलाई म्याग्दीमा वैकल्पिक राजनीतिक शक्तिको उदयका रूपमा पनि हेरिएको छ। विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा लामो समयदेखि सक्रिय पुनको जितले विकास र प्रविधिमैत्री नेतृत्वप्रति जनताको विश्वास झल्किएको टिप्पणी गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?