National life

यस्तो देखियो गत आर्थिक वर्षमा वाणिज्य बैंकको वित्तीय विवरण (सूची सहित)

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२२ साउन २०८०, सोमबार
764Shares
यस्तो देखियो गत आर्थिक वर्षमा वाणिज्य बैंकको वित्तीय विवरण (सूची सहित)
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता पाएका वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७९/८० को आफ्नो वार्षिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । उनीहरुको वार्षिक वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा खुद मुनाफा उल्लेख्य रुपमा बढेको छ । वितरणयोग्य मुनाफा भने घटेको छ ।

त्यस्तै गत आवको तेस्रो त्रैमाससम्ममा निरन्तर बढ्दो क्रममा देखिएको खराब कर्जा चौँथौ त्रैमासमा भने केही घटेको देखिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यद्यपि वाणिज्य बैंकको खराब कर्जाको स्थितिमा पर्याप्त सुधार भइसकेको छैन । गत आवको अन्तिमसम्ममा वाणिज्य बैंकमा देखिएको खुद मुनाफा, प्रतिशेयर आम्दानी, खराब कर्जा, स्प्रेडदर र चुक्ता पुँजीलगायतका सूचकको अवस्था यहाँ उल्लेख गरिएको छ ।

खुद मुनाफा

गत आव २०७९/८० मा वाणिज्य बैंकहरुले ७० अर्ब १७ करोड रुपैयाँ बराबर खुद नाफा कमाएका छन् । वाणिज्य बैंकहरुको वितरणयोग्य मुनाफा भने कम छ । गत आवमा नबिल बैंक लिमिटेडको नाफा सात अर्ब ५२ करोड ७१ लाख रुपैयाँ बराबर छ । अघिल्लो आवमा चार अर्ब २५ करोड ६० लाख रुपैयाँ बराबर नबिल बैंकले गतवर्षको तुलनामा तीन अर्ब १७ करोड १० लाख रुपैयाँ बराबरले नाफा बढाएको हो ।

गत आवमा बढी नाफा कमाउने बैंकहरुको सूचिमा ग्लोबल आइएमई बैंक लिमिटेड दोस्रो नम्बरमा छ । अघिल्लो आवमा चार अर्ब ९५ करोड ९२ लाख रुपैयाँ बराबर नाफा गरेको ग्लोबल आइएमई बैंकले गत आवमा सात अर्ब २५ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवमा बढी नाफा कमाउने वाणिज्य बैंकको सूचिमा राष्ट्रिय वाणिज्य बैंक तेस्रो स्थानमा छ । अघिल्लो आवमा चार अर्ब २९ करोड २८ लाख रुपैयाँ बराबर वार्षिक नाफा कमाएको वाणिज्य बैंकले गत आव चार अर्ब ९१ करोड ७१ लाख रुपैयाँ बराबर कमाएको छ ।

नाफा बढी कमाउने वाणिज्य बैंकको सूचिमा एनआइसी एसिया बैंक चाँैथौ नम्बरमा छ । एनआइसी एसिया बैंकले गत आवमा चार अर्ब ६५ करोड १३ लाख रुपैयाँ बराबर नाफा कमाएको छ । चार अर्बभन्दा माथि नाफा कमाउने अर्को बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड बैंक छ । इन्भेष्टमेन्ट मेगा बैंकले गतवर्ष चार अर्ब ६५ करोड १३ लाख रुपैयाँ बराबर कमाएको छ ।

तीन अर्ब रुपैयाँभन्दा माथि र चार अर्ब रुपैयाँभन्दा कम वार्षिक नाफा कमाउने बैंकको सङ्ख्या सात छ । गत आवमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले तीन अर्ब ५२ करोड ५४ लाख रुपैयाँ, नेपाल बैंक लिमिटेडले तीन अर्ब ४१ करोड १५ लाख रुपैयाँ, एनएमबी बैंकले तीन अर्ब ४१ करोड चार रुपैयाँ र एभरेष्ट बैंकले तीन अर्ब ३९ करोड ९१ लाख रुपैयाँ नाफा कमाएका छन् ।

त्यस्तै हिमालयन सिभिल बैंकले तीन अर्ब २६ करोड ६१ लाख रुपैयाँ, सिद्धार्थ बैंकले तीन अर्ब १९ करोड एक लाख रुपैयाँ र कृषि विकास बैंकले तीन अर्ब नौ करोड ९३ लाख रुपैयाँ नाफा कमाएका छन् । छ वाणिज्य बैंकले रू दुई अर्बदेखि रतीन अर्बको बीचमा नाफा कमाएका छन् भने दुई वाणिज्य बैंकको नाफा दुई अर्ब रुपैयाँ भन्दा कममा खुम्चिएको छ ।

गत आवमा प्रभु बैंकले दुई अर्ब ८२ करोड ५२ लाख, सानिमा बैंकले दुई अर्ब ६१ लाख ९२ करोड र प्राइम कमर्सियल बैंकले दुई अर्ब २६ करोड ३१ लाख रुपैयाँ बराबर नाफा कमाएका छन् । लक्ष्मी सनराइज बैंकको नाफा दुई अर्ब २६ करोड १८ लाख, नेपाल एसबिआई बैंकको नाफा दुई अर्ब २४ करोड १६ लाख र सिटिजन्स बैंकको नाफा दुई अर्ब २१ करोड ४४ लाख रुपैयाँ बराबर छ । गत आवमा कुमारी बैंकले रू एक अर्ब ९५ करोड ७१ लाख र माछापुच्छ«े बैंकले एक अर्ब ८५ करोड ११ लाख रुपैयाँ बराबर नाफा कमाएका छन् ।

प्रतिशेयर आम्दानी

वाणिज्य बैंकमध्ये प्रतिशेयर आम्दानीका आधारमा एनआइसी एसिया बैंक पहिलो र स्ट्यान्डर्ड चार्टर्ड बैंक दोस्रो तथा राष्ट्रिय वाणिज्य बैंक तेस्रो स्थानमा छ । एनआइसी एसिया बैंकको प्रतिशेयर आम्दानी ४० दशमलव २२ बराबर छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रतिशेयर आम्दानी ३७ दशमलव ३९ रुपैयाँछ भने राष्ट्रिय वाणिज्य बैंकको ३३ दशमलव ९६ रुपैयाँबराबर छ ।

त्यस्तै एभरेष्ट बैंकको ३१ दशमलव ७२, नबिल बैंकको २७ दशमलव ८२, नेपाल बैंकको २३ दशमलव २२, सिद्धार्थ बैंकको रू २२ दशमलव ६४ र नेपाल एसबीआई बैंकको २२ दशमलव १४ रहेको छ ।

सानिमा बैंकको प्रतिशेयर आम्दानी २१ दशमलव शुन्य दुई, कृषि विकास बैंकको २० दशमलव ६२, ग्लोबल आईएमई बैंकको २० दशमलव २८, लक्ष्मी सनराइज बैंकको १९ दशमलव ४४, एनएमबी बैंकको १८ दशमलव शुन्य पाँच र माछापुच्छ्रे बैंकको १५ दशमलव शुन्य पाँच रहेको छ । गत आवको नाफाबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रतिशेयर आम्दानी १६ दशमलव शुन्य सात, सिटिजन्स बैंकको प्रतिशेयर आम्दानी १५ दशमलव ५९ र हिमालयन बैंकको प्रतिशेयर आम्दानी रू १५ दशमलव शुन्य आठ रहेको छ ।

त्यस्तै प्रभु बैंकको १२, प्राईम कमर्सियल बैंकको ११ दशमलव ६६ र कुमारी बैंकको सात दशमलव ४६ बराबर रहेको छ ।

खराब कर्जा

कुमारी बैंकको खराब कर्जा सबैभन्दा धेरै चार दशमलव ७७ प्रतिशत बराबर छ । हिमालयन बैंकको चार दशमलब ५७ प्रतिशत, इन्भेष्टमेन्ट बैंक मेगा बैंकको चार दशमलव ३५ प्रतिशत र प्राइम बैंकको चार दशमलव २३ प्रतिशत बराबर रहेको छ । प्रभु बैंकको खराब कर्जा चार दशमलव १६ प्रतिशत बराबर छ । त्यस्तै नबिल बैंकको तीन दशमलव दुई प्रतिशत, ग्लोबल आइएमई बैंकको तीन दशमलव शुनय आठ प्रतिशत र सिटिजन्स बैंकको तीन दशमलव १९ प्रतिशत बराबर छ ।

राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा दुई दशमलव ९५ प्रतिशत, नेपाल बैंकको दुई दशमलव ८५ प्रतिशत, एनएमबी बैंकको दुई दशमलव ७२ प्रतिशत, कृषि विकास बैंकको दुई दशमलव ४८ प्रतिशत, लक्ष्मी सनराइज बैंकको दुई दशमलव २८ प्रतिशत, नेपाल एसबीआई बैंकको दुई दशमलव ४३ प्रतिशत र माछापुच्छ्रे बैंकको दुई दशमलव १२ प्रतिशत रहेको छ ।

त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकको खराब कर्जा एक दशमलव १७ प्रतिशत, सिद्धार्थ बैंकको एक दशमलव शुन्य सात प्रतिशत, सानिमा बैंकको एक दशमलव तीन प्रतिशत, एनआइसी एसिया बैंकको शून्य दशमलव आठ प्रतिशत र एभरेष्ट बैंकको शून्य दशमलव ७९ प्रतिशत बराबर रहेको छ ।

स्रेडदर

बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको ब्याजदर र सङ्कलन गर्ने निक्षेपको ब्याजदरको अन्तर स्प्रेडदर हो । नबिल र इन्भेष्टमेन्ट मेगा बैंकको स्प्रेडदर चार दशमलव ९९ प्रतिशत छ । कुमारी बैंकको चार दशमलव ९८, ग्लोबल आइएमई बैंकको चार दशमलव ९६, प्रभु बैंकको चार दशमलव ८६, हिमालयन बैंकको चार दशमलव ७९ र लक्ष्मी सनराइज बैंकको चार दशमलव ४२ प्रतिशत बराबर छ ।

स्ट्यान्डर्ड चार्टर्ड, सिटिजन्स र सानिमा बैंकको स्प्रेडदर चार प्रतिशत छ । राष्ट्रिय वाणिज्य बैंकको तीन दशमलव ९८, एनआइसी एसिया बैंकको तीन दशमलव ९९, नेपाल बैंकको तीन दशमलव ९५, एनएमबीको तीन दशमलव ९९ र एभरेष्ट बैंकको तीन दशमलव ९७ प्रतिशत स्प्रेडदर रहेको छ । सिद्धार्थ बैंकको तीन दशमलव ९९, कृषि विकास बैंकको तीन दशमलव ९४, प्राईम बैंकको तीन दशमव ९८, नेपाल एसबीआई बैंकको तीन दशमलव ९९ र माछापुच्छ्रे बैंकको तीन दशमलव ९५ प्रतिशत बराबर छ ।

चुक्ता पुँजी

चुक्ता पुँजीका आधारमा अहिले ग्लोबल आइएमइ बैंक सबैभन्दा ठूलो बैंक हो । गत असार मसान्तसम्ममा ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी रू ३५ अर्ब ७७ करोड बराबर छ । चुक्ता पुँजीका आधारमा दोस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको रू ३४ अर्ब १२ करोड र तेस्रो स्थानमा रहेको नबिल बैंकको २७ अर्ब पाँच करोड बराबर रहेको छ । कुमारी बैंकको चुक्तापुँजी २६ अर्ब २३ करोड, प्रभु बैंकको अर्ब ५४ करोड, हिमालयन बैंकको २१ अर्ब ६५ करोड र लक्ष्मी सनराइज बैंकको २१ अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।

त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकको १५ अर्ब ६३ करोड, एनआइसी एसिया बैंकको ११ अर्ब ५६ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंकको नौ अर्ब ४२ करोड, नेपाल बैंकको १४ अर्ब ६९ करोड र एनएमबी बैंकको १८ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको छ । त्यस्तै एभरेष्ट बैंकको १० अर्ब ६९ करोड, सिद्धार्थ बैंकको१४ अर्ब आठ करोड, कृषि विकास बैंकको १८ अर्ब ८८ करोड, सानिमा बैंकको १२ अर्ब ४६ करोड, प्राईम बैंकको १९ अर्ब चार करोड, नेपाल एसबीआई बैंकको १० अर्ब १२ करोड, सिटिजन्स बैंकको १४ अर्ब दुई करोड र माछापुच्छ्रे बैंकको १० अर्ब २५ करोड रुपैयाँ बराबर चुक्ता पुँजी रहेको छ । रासस

यो समाचार शेयर गर्नुहोस्
764SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?