काठमाडौँ । यस साता शेयर बजारकाको लागि सामान्यतया सुखद साता भएको छ। साताभरमा ४ दिन मात्रै शेयर कारोबार भएको बजारमा हरियाली देखिएको छ ।
अघिल्लो साताको बिहीबार नेप्से परिसूचक २६७८.४७ विन्दुमा रहेकोमा यो साताको अन्तिम कारोबारका दिनसम्म ६५.२७ अंकले बढेर २७४३.७४ विन्दुमा आएको हो।
यस साता औसतमा दैनिक १६.३१७५ अंकले नेप्से बढेको हो। नेप्सेसँगै कारोबार पनि वृद्धि आएको छ। साताभरमा ३८ अर्ब ५८ करोड ४६ लाख ५६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
साताभरमा भएको ४ कारोबार अवधिमा ७ करोड २९ लाख ३२ हजार ९१६ कित्ता शेयर कारोबार हुँदा दैनिक औसतमा १ करोड ८२ लाख ३३ हजार २२९ कित्ता कारोबार भएको छ। जस अनुसार ३ लाख ८४ हजार ९५१ पटक शेयर किनबेच हुँदा दैनिक औसतमा भने ९६ हजार २३८ पटक किनबेच भएको हो।
साताको पहिलो कारोबारका दिन आइतबार दोहोरो अंकले बढेको नेप्से १९.५६ अंकले बढेर परिसूचक २६९८ विन्दुमा पुगेको थियो । उक्त दिन नेप्से ०.७३ प्रतिशतले बढ्दा परिसूचक उच्चतम २६९८.३१ विन्दु र न्यूनतम २६७५.९० विन्दु सम्म पुगेको थियो। त्यसदिन ३०९ वटा कम्पनी कारोबारमा आउँदा ९ अर्ब ४७ करोड ३ लाख ८ हजार रुपैयाँ बराबरको २ करोड ९ लाख ८४ हजार ४४० कित्ता शेयर ९६ हजार २८२ पटक किनबेच भएको थियो ।
आइतबारको तुलनामा कारोबारमा पनि बजारमा बढोत्तरी आएको हो । उक्त दिन ३०२ वटा मात्र कम्पनी कारोबारमा आउँदा १० अर्ब ४ करोड ९६ लाख ५४ हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ३० हजार ३०२ कित्ता शेयर १ लाख २ हजार ८६१ पटक किनबेच भएको छ ।
त्यस्तै अर्को दिन मंगलबार पनि बढ्नेक्रमले निरन्तरता पाएको बजारमा नेप्से ०.४६ प्रतिशतले बढ्दा परिसूचक २७४०.५९ विन्दुमा पुग्यो । उक्त दिन नेप्से परिसूचक उच्चतम २७५७.३० र न्यूनतम २७५७.४३ विन्दुसम्म पुगेको थियो। बजार बढ्दा कारोबारमा भने सामान्य मात्रै वृद्धि आएको छ।
उक्त दिन ३१४ वटा कम्पनी कारोबारमा आउँदा १० अर्ब ४३ करोड ७० लाख ६ हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ३० हजार ३०२ कित्ता शेयर ९९ हजार ५८५ पटक किनबेच भएको थियो । बुधवार सार्वजनिक बिदाका कारण शेयर बजार बन्द भएको हो ।
साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से ३.१४ अंकले मात्र बढेर २७४३.७४ विन्दुमा परिसूचक पुगेको थियो। उक्त दिन नेप्से ०.११ प्रतिशतले बढ्दा ३२ अंकको उतारचढाव देखियो थियो। उक्त दिन नेप्से परिसूचक उच्चतम २७५२.३५ विन्दु र न्यूनतम २७२०.६९ विन्दुसम्म पुगेको थियो। कारोबारमा भने २ अर्बको गिरावट आएको छ । बिहीबार ३०९ वटा कम्पनी कारोबारमा आउँदा ८ अर्ब ६२ करोड ७६ लाख ८७ हजार रुपैयाँ बराबर भएको हो ।






























