National life

याम्बालिङ्ग हाइड्रोको आईपीओ खुल्यो, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१६ वैशाख २०८३, बुधबार
1.3kShares
याम्बालिङ्ग हाइड्रोको आईपीओ खुल्यो, कहिलेसम्म दिन पाइन्छ आवेदन ?
ncell

काठमाडौं। याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले यसअघि स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारणलाई सेयर जारी गरेको हो।

यस चरणमा कम्पनीले ७ करोड ४३ लाख रुपैयाँ बराबरका १७ लाख ४३ हजार कित्ता साधारण सेयर सार्वजनिक गरेको छ। उक्त आईपीओमा बैशाख २२ गतेसम्म आवेदन दिन सकिनेछ, तर आवश्यक परेमा अवधि बैशाख ३० गतेसम्म लम्ब्याउन सकिने व्यवस्था गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।

पहिलो चरणमा कम्पनीले ७ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई, २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वितरण गरिसकेको छ। त्यस्तै, सामूहिक लगानी कोषका लागि १ लाख ५ हजार कित्ता र कर्मचारीका लागि ४२ हजार कित्ता सेयर छुट्याएर बाँडफाँट गरिसकिएको छ।

कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बीबी’ श्रेणीको रेटिङ दिएको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

आईपीओ निष्काशनको व्यवस्थापन मुक्तिनाथ क्यापिटल लिमिटेडले गरिरहेको छ। इच्छुक लगानीकर्ताले सि–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् भने मेरो सेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिने सुविधा उपलब्ध छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?