National life

राजावादी सल्बलायसँगै गणतन्त्र पक्षधर शक्तिहरु एक ठाउँमा उभिने ओली,देउवा र प्रचण्डको निष्कर्ष

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ वैशाख २०८२, शनिबार
609Shares
राजावादी सल्बलायसँगै गणतन्त्र पक्षधर शक्तिहरु एक ठाउँमा उभिने ओली,देउवा र प्रचण्डको निष्कर्ष
ncell

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र पक्षधर शक्तिहरु एक ठाउँमा उभिनुपर्ने निष्कर्ष निकालेका छन् । आज (शनिबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा शीर्ष नेताहरु प्रमुख राजनीतिक दलहरुसहित गणतन्त्र पक्षधर शक्तिहरु एक ठाउँमा उभिनुपर्ने निष्कर्षमा पुगेका हुन् ।

प्रधानमन्त्री ओलीका सल्लाहकार अग्नि खरेलले बैठकको निर्णय सुनाउँदै भने,‘संविधानको उल्लङ्घन गर्ने र सामाजिक अराजकता सिर्जना गरी मुलुकको शान्ति र अमनचयन खलल पुर्याउनेहरुप्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलहरुसहित गणतन्त्र पक्षधर शक्तिहरु एक ठाउँमा उभिनुपर्ने समान मत देखिएको छ ।’

बैठकमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्री ओलीका सल्लाहकार खरेललगायतको पनि सहभागिता रहेको थियो । बैठकमा प्रधानमन्त्री ओलसहित तीन राजनीतिक दलका शीर्ष नेताहरुका बीच विद्यामान राजनीतिक व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्रात्क नेपालको समावेशितासहितको संविधानको रक्षाको लागि उपयुक्त वातावरण बनाउँदै अगाडि बढ्ने विषयमा छलफल भएको उनले जानकारी गराए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, उक्त छलफलमा संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी चयनका लागि गठित सिफारिस समितिले गरिरहेको कामको बारेमा छलफल भएको उनले बताए ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
609SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?