National life

राप्रपाले तिर्‍यो काठमाडौँ महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ फागुन २०८१, सोमबार
826Shares
राप्रपाले तिर्‍यो काठमाडौँ महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना
ncell

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना तिरेको छ।

आइतवारका दिन राप्रपालाई (हिजो) काठमाडौंमा पूर्वराजालाई स्वागतका लागि आयोजित प्रदर्शनका क्रममा वातावरण प्रदूषण गराएको भन्दै महानगरले एक लाख जरिवाना तोकेको थियो ।

पूर्व राजाको स्वागतका क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटनजिक, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रमा भौतिक क्षति पुग्नुका साथै जथाभाबी फोहोर गरिएको भन्दै काठमाडौं महानगरले राप्रपालाई जरिवाना गरेको थियो ।

उक्त जरिवाना वापतको रकम राप्रपाले महानगरलाई सोमबार बुझाएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले महानगर प्रहरीको टोलीलाई भेटेर जरिवाना वापतको रकम बुझाएका हुन् ।

राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले पनि महानगरलाई जरिवाना बुझाएको तस्बिर फेसबुकमा राख्दै लेखेका छन्, ‘हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौं। रु १ लाख रुपैयाँ हामीले काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गरेका छौं। ’

पूर्वराजाको स्वागतमा सहभागी व्यक्तिहरूबाट सार्वजनिक क्षेत्रका सडक, सडकपेटी, आइल्यान्ड र त्यहाँ रहेका विरूवाका साथै रेलिङहरूमा भौतिक क्षति पुगेको र जथाभाबी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको महानगरको भनाइ थियो ।

यो समाचार शेयर गर्नुहोस्
826SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?