National life

राष्ट्रिय बीमा कम्पनीका कर्मचारी र व्यवस्थापनबीच सहमति,आन्दोलनका कार्यक्रम स्थगित

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२६ साउन २०८०, शुक्रबार
1KShares
राष्ट्रिय बीमा कम्पनीका कर्मचारी र व्यवस्थापनबीच सहमति,आन्दोलनका कार्यक्रम स्थगित
ncell

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका कर्मचारी र व्यवस्थापनबीच आज सहमति भएको छ । सहमतिसँगै बिगत २६ दिनदेखि कर्मचारी संगठनको आह्वानमा हुँदै आएको आन्दोलनका कार्यक्रम स्थगित भएको छ ।

कर्मचारीहरुले उठाएका जायज मागहरु क्रमशः पुरा गर्दै जाने १० बुँदे सहमति भएको ट्रेड युनियनका उपाध्यक्ष सबिन पौडेलले बताए । कर्मचारीहरुले माग गरेका मागहरु मध्ये पुरा हुन सक्ने माग जति राष्ट्रिय बीमा कम्पनीबाटै पूरा गर्ने र अर्थमन्त्रालयमा पठाएर अल्झिएको माग केही दिनभित्रैमा पहल गरेर पास गरी आवश्यक प्रक्रिया पूरा गरेर लागू गर्ने सहमति भएको पौडेलले आर्थिक भ्वाइसलाई बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सहमतिसँगै तत्कालको लागि सबै प्रकारको आन्दोलन अन्त्य भएको छ । आइतवारदेखि कम्पनीमा सम्पूर्ण काम पूर्ण रुपमा सुचारु हुने पौडेलले जानकारी दिए।

यहि साउन १ गते देखि कर्मचारी बिनियमावली पूर्ण कार्यान्वयनमा नआएको भन्दै कर्मचारी संगठन आन्दोलनमा उत्रिएको थियो।

 

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?