National life

राष्ट्रिय बीमा कम्पनीको सीईओको लागि ४ जनाको नाम सर्टलिस्टमा, बैशाख १२ गते अन्तर्वार्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० चैत २०८०, शुक्रबार
606Shares
राष्ट्रिय बीमा कम्पनीको सीईओको लागि ४ जनाको नाम सर्टलिस्टमा, बैशाख १२ गते अन्तर्वार्ता
ncell

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) को लागि ४ जनाको नाम सर्टलिस्टमा राखिएको छ । कम्पनीलेआज शुक्रवार एक सुचना जारी गर्दै सम्भावित ४ जनाको नाम सीईओको लागि सार्वजनिक गरेको हो ।

पदपूर्ति उपसमितिले कम्पनीको सीईओका नारायणकुमार भट्टराई, डा शिवहरि श्रेष्ठ ,सुरेन्द्र थापा र सुवास कोइरालाको नाम सर्टलिस्टमा समावेश गरेको छ । कार्यकारी प्रमुखको लागि आवेदन दिएकामध्ये सुवास कोइराला मात्र कम्पनीमा कार्यरत छन् भने अन्य आवेदकहरु बाहिरिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले सार्वजनिक गरेको सूचनाका अनुसार सर्टलिस्टमा परेकाहरुले बैशाख १२ गते प्रस्तुतीकरण र बैशाख १२ गते अन्तर्वार्ता दिनुपर्ने छ । प्रस्तुतीकरण र अन्तर्वार्ता बिहान ७ः३० बजेबाट सुरु हुनेछ । प्रस्तुतीकरण पावरप्वइन्टमा र प्रस्तुतीकरण तथा छलफलका लागि ४० मिनेटको समय दिइएको छ ।

कम्पनीको सीईओ पदपूर्ति समितिले माघ २४ गते सूचना जारी गर्दै सीईओका लागि आवेदन माग गरेको थियो । सो समयमा ९ जनाको आवेदन परेको थियो । जसमा ४ जनालाई समितिले सर्टलिस्टमा समावेश गरेको हो ।

यो समाचार शेयर गर्नुहोस्
606SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?