काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । बैंकले २८ दिन र ९१ दिनको लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । मंगलबार माघ २ गते जारी हुने यस ट्रेजरी बिलका लागि आज आइतबार पुस २९ गते दिउँसो २ बजे बोलकबोल हुनेछ ।
केन्द्रीय बैंकले २८ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।
यो ट्रेजरी बिल फागुन १ गते परिपक्व हुनेछ । त्यस्तै, ९१ दिनका लागि ७ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी बिल २०८१ बैशाख ४ गते परिपक्व हुनेछ ।
सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।


































