National life

राहदानी विभागको सबै सेवा ठप्प: सेवाग्राही आन्दोलित,फोटो भिडियो खिच्न निषेध

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ मंसिर २०८१, आइतबार
1.2kShares
राहदानी विभागको सबै सेवा ठप्प: सेवाग्राही आन्दोलित,फोटो भिडियो खिच्न निषेध
ncell

काठमाडौँ । राहदानी विभागमा सबै सेवा ठप्प भएपछि सेवाग्राही आन्दोलित बनेका छन् । राहदानी विभागको कार्यालय परिसरमा भेला भएका सेवाग्राहीले छिटो सेवा सुरु गर्न माग गर्दै आन्दोलन मच्चाएका हुन् ।

हाल राहदानी वितरणको काम अनिश्चित कालका लागि ठप्प छ । राहदानी वितरण रोकिँदा सेवाग्राही मर्कामा परेका छन्।विभागले प्रणालीमा समस्या आएकाले राहदानी वितरणको काम रोकिएको भन्दै सेवाग्राहीलाई बुझाउने प्रयास गरेको भए पनि सेवाग्राहीले भने उक्त समस्या तत्काल समाधान गर्दै सेवा दिनुपर्ने भन्दै हो हल्ला मच्चाएपछि उनीहरूलाई प्रहरीले रोक्ने प्रयास गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विभागले गत शुक्रवार सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेर समस्या समाधान गर्न प्राविधिक समूहले काम गरिरहेको जानकारी गराएको थियो।

सेवाग्राहीको उपस्थिति बढ्दै गएको र सेवाग्राहीको समस्यामाथि विभागले बेवास्ता गरेको भन्दै हो हल्ला मच्चिनुको साथै सामाजिक सञ्जालमा उक्त किसिमका फोटो भिडियो बाहिरिन थालेपछि विभागले राहदानी विभाग परिसरभित्र सञ्चारमाध्यमलाई फोटो र भिडियो खिच्न निषेध गरेको छ। विभागले सेवाग्राहीलाई मात्रै नभएर समाचार संकलन गर्न गएका पत्रकारहरूलाई समेत फोटो भिडियो खिच्न निषेध गरेको छ।

 

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?