National life
cg eloctronics

रिलायबल नेपाल लाइफको नाफामा २९.६५ % ले वृद्धि, अधिकांश सूचकमा मार्यो फड्को

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० कात्तिक २०८२, आइतबार
1KShares
रिलायबल नेपाल लाइफको नाफामा २९.६५ % ले वृद्धि, अधिकांश सूचकमा मार्यो फड्को
muktinatha bikash bank

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा २५ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।जुन गत आवको यसै अवधिको भन्दा २९.६५ प्रतिशतले बढी हो। गत आवमा कम्पनीले १९ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यस अवधिमा कम्पनीले लगानी तथा ब्याज आम्दानीबाट ३४ करोड ३५४ लाख रुपैयाँ आम्दानी गरेको छ । साथै, कम्पनीको बीमा दावी भुक्तानी एक अर्ब १० करोड ८५ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको कुल खर्च ७ प्रतिशतले घटेर एक अर्ब ६७ करोड ९१ लाख रुपैयाँ रहेको छ ।

everest bank

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन २७.४८ प्रतिशतले बृद्धि भएर १ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १२ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता कमिशनमा ९ प्रतिशतले बृद्धि भएको छ । अभिकर्ताहरुले बढाएको व्यवसायको आधारमा कम्पनीको उक्त कमिशन बृद्धि भएको छ । कम्पनीले अभिकर्ता कमिशनमा १३ करोड ७१ लाख रुपैयाँ वितरण गरेको छ ।

समीक्षा अवधिमा कम्पनीको जीवन बीमाकोष १३.९२ प्रतिशतले बृद्धि भएर १९ अर्ब ७९ करोड १० लाख रुपैयाँ जम्मा भएको छ ।

५ अर्ब १९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ र नेटवर्थ पर शेयर १५४ रुपैयाँ रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?