काठमाडौँ । संघीय संसद् अन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिले सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको अवलोकनका लागि पुगेको छ। झरीकै बीच संसदीय समितिले मैदानको अनुगमन गरेको हो ।
हाल मैदानको स्तरोन्नतिसहित प्यारापिट तथा फ्लडलाइट जडानको काम भइरहेको छ । समयमै काम नसकिएपछि निर्माण कम्पनीलाई दैनिक दुई लाख हर्जाना तिराएर काम भइरहेको छ ।
क्यानले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) फ्लडलाइटमा ओपन प्यारापिटसहित आयोजना गर्ने तयारी गरिरहेको छ ।



































