National life

रेकर्ड कायम गरेको सुनको मूल्य शुक्रवार घट्यो,कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ पुस २०८०, शुक्रबार
667Shares
रेकर्ड कायम गरेको सुनको मूल्य शुक्रवार घट्यो,कतिमा हुदैछ कारोबार ?
ncell

बिहिबारको दिन सर्वाधिक महंगो मूल्य कायम गरेर रेकर्ड बनाएको सूनको मूल्य आज शुक्रबारका दिनभने रेकर्ड मूल्यबाट घटेको छ।

काठमाडौं । बिहीबार प्रतितोला १ लाख २२ हजार रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सूनको मूल्य शुक्रबार १ हजार ३०० रुपैयाँले घटेको हो ।

शुक्रबार प्रतितोला सूनको मूल्य १ लाख २० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजावी सूनको मूल्य १ लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बिहीबार तेजावी सूनको मूल्य १ लाख २१ हजार ४०० रुपैयाँ तोकिएको थियो । महासंघका अनुसार शुक्रबार प्रतितोला चाँदी १ हजार ४५५ रुपैयाँ तोकिएको छ । बिहीबार चाँदी १ हजार ४९० रुपैयाँ तोकिएको थियो ।

अन्तराष्ट्रिय बजारमा शुक्रबार प्रतिऔंस सुन २ हजार ७० दशमलव २८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव ८३ डलरमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
667SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?