National life

रेमिट्यान्समा ऐतिहासिक उछाल: पाँच महिनामा पौने ९ खर्ब नजिक

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२५ पुस २०८२, शुक्रबार
1.2kShares
रेमिट्यान्समा ऐतिहासिक उछाल: पाँच महिनामा पौने ९ खर्ब नजिक
ncell

काठमाडौं। चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो पाँच महिनामा नेपालमा भित्रिने विप्रेषण (रेमिट्यान्स) उल्लेखनीय रूपमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह ३५.६ प्रतिशतले बढ्दै ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।

मंसिर महिनामा मात्रै १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो आर्थिक वर्षको मंसिर महिनामा भने १ खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ मात्रै रेमिट्यान्स भित्रिएको थियो, जसले वार्षिक आधारमा उल्लेखनीय वृद्धि देखाएको छ।

अमेरिकी डलरमा गणना गर्दा समीक्षा अवधिमा विप्रेषण आप्रवाह २९.० प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड अमेरिकी डलर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ३।४ प्रतिशतले मात्रै वृद्धि भएको थियो ।

यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) पनि उल्लेखनीय रूपमा बढेको छ। राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद द्वितीय आय ९ खर्ब ५४ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७ खर्ब ४३ करोड रुपैयाँ रहेको थियो।

वैदेशिक रोजगारीतर्फ हेर्दा, समीक्षा अवधिमा संस्थागत तथा व्यक्तिगत (नयाँ) तर्फ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ७५ हजार ५९१ रहेको छ। साथै, पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६३ हजार ९२४ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी संख्या क्रमशः १ लाख ९० हजार ३८४ र १ लाख ३५ हजार ४२५ रहेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?