काठमाडौँ । यस साताको दोस्रो कारोबारका दिन शेयर बजारमा दोहोरो अंकको वृद्धि आएको छ । आज नेप्से परिसूचक २७.२९ अंकले बढेर २६५७.१९ को बिन्दुमा कायम भएको छ।
लगातार घटेको शेयर बजारमा आज दोहोरो अंकले हरियाली देखिएको हो । आज ३२४ वटा कम्पनीको एक करोड ७५ लाख कित्ता शेयर खरिद–बिक्री हुँदा आठ अर्ब ६८ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज ५ वटा कम्पनी सकारात्मक सर्किट लागेको छ ।
धेरै नीतिगत अवरोधहरू हटे पनि शेयर बजारमा चमक आउन नसक्दा लगानीकर्ता निराशा बनेको अवस्थामा शेयर बजारमा सुधारको संकेत देखिएको छ । आज लगातारको ४ कारोबारका देखिएको गिरावट पश्चात् शेयर बजारमा हरियाली देखिएको हो ।
आज सबैभन्दा बढी राधी विद्युत् कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६२ करोड २८ लाख ३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, यूनिभर्सल पावर कम्पनीको ५४ करोड ९५ लाख १२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । भने बुटवल पावर कम्पनीको ५१ करोड ३५ लाख ४ हजार रुपैंया, एनआरएन इन्फ्रास्ट्रक्चरको ३९ करोड ८९ लाख ३७ हजार रुपैयाँ कारोबार भएको हो ।


































