National life

लगातार बढेको शेयर बजारमा करेक्सन: कारोबारमा बढोत्तरी, यस्तो छ अन्य सूचक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ पुस २०८१, बिहिबार
1.2kShares
लगातार बढेको शेयर बजारमा करेक्सन: कारोबारमा बढोत्तरी, यस्तो छ अन्य सूचक
ncell

काठमाडौँ । लगातार ६ कारोबारका दिन बढेको शेयर बजारमा आज साताको अन्तिम कारोबारका दिन गिरावट आएको छ । आज नेप्से सूचक १८.१४ विन्दुले घटेर २६३५.०९ अंकमा बन्द भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

दोस्रो त्रैमासको दबाब देखिएको कारण बजारमा आज करेक्सन आएको हो । आज सेयर बेचेर पुस मसान्तभित्रै रकम खातामा आउने भएका कारण पनि आज बढी सेलिङ प्रेसर आएको अनुमान गर्न सकिन्छ ।

पुस महिनामा अब आइतबार र सोमबार गरेर दुई कारोबारका दिन मात्रै सेयर कारोबार हुने भएको छ । माघ लागेसँगै सेयर बजारमा उत्साह आउने लगानीकर्ताको अपेक्षा देखिएको छ । दोस्रो त्रैमासको ब्याज तथा कर तिरिसकेको हुनाले लगानीकर्तामा क्रय क्षमता बढ्न सक्ने अनुमान लाउन सकिनछ। यस्तै, सेलिङ प्रेसर पनि कम हुन सक्छ । माघ लागेसँगै दोस्रो त्रैमासको वित्तीय विवरण पनि आउन थाल्नेछ ।

आज नेप्से सूचकमा करेक्सन आएको भएपनि कारोबार रकममा भने बढोत्तरी आएको छ । आज ७ अर्ब ३० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज आज ३०८ कम्पनीको १ करोड ५७ लाख २३ हजार कित्ता शेयर किनबेच भएको हो ।

यसदिन १२ उपसूचक राताम्य भएका छन् । आज होटल तथा पर्यटन समूहको ०.९९ प्रतिशतले शेयर मूल्य बढेको छ। २ वटा कम्पनीमा सकारात्मक सर्किट लागेका छन् । होटल तथा पर्यटनबाहेक बाँकी सबै समूहका सूचक घटेका छन्। आज सबैभन्दा बढी न्यादी हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको २२ करोड ५३ लाख ४९ हजार रुपैया बराबरको कारोबार भएको छ।

त्यस्तै, सिन्धु विकास बैंकको १९ करोड ७७ लाख १६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । आज सुपरमादी हाइड्रोपावरको १८ करोड ५९ हजार रुपैंया, एनआरएन इन्फ्रास्ट्रक्चरको १५ करोड ४२ लाख ९० हजार रुपैयाँ कारोबार भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?