National life

लगातार ७ दिन घटेको शेयर बजारमा ब्रेक: ११ उपसूचकमा हरियाली, ८ अर्ब बढीको कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ फागुन २०८१, बुधबार
619Shares
लगातार ७ दिन घटेको शेयर बजारमा ब्रेक: ११ उपसूचकमा हरियाली, ८ अर्ब बढीको कारोबार
ncell

काठमाडौँ । सात दिनसम्म लगातार ओरालो लागेको शेयर बजारमा आज ब्रेक लागेको छ। यस दिन नेप्से सूचक १७.२८ विन्दुले बढेर २७३६.४८ अंकमा आएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज ३२३ कम्पनीको २ करोड २९ लाख ४१ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २३ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ । यसदिन ११ उपसूचकमा हरियाली आएको छ। यसदिन विकास बैंकको ०.३३ प्रतिशत र माइक्रो फाइनान्स समूहको ०.२७ प्रतिशतले शेयर मूल्य घटेको छ। विकास बैंक र माइक्रो फाइनान्स बाहेक बाँकी सबै समूहका सूचक बढेका छन्।

७ दिनको अवधिमा नेप्से सूचक १७१ अंकले घटेको छ । यसअघि बजार बढ्दा पनि लगातार ९ दिन बढेको थियो । त्यति बेला नेप्से २१२ अंकले बजार बढेको थियो । राजनीतिक अस्थिरता र राजाको सडक प्रदर्शनका कारण बजारमा अनिश्चितता फैलिएको जानकारहरूको भनाइ छ ।

सरकारको सकारात्मक नीति र बजारमा अधिक तरलता भएका कारण बजारलाई अघि बढाउन मद्दत पुग्ने विश्वास छ । साथै, बैंक ब्याजदर कम हुनु र संस्थागत लगानीकर्ताहरूको बढ्दो सहभागिता बजारमा उत्साह ल्याउने अपेक्षा गरिएको छ।

साथै शेयर बजारमा लगातार आएको गिरावटको कारण बजारको करेक्सन सकिएको र अब सुधारको बाटो खुलेको जानकारहरूको भनाई छ । बजार अब आइतबार मात्रै खुल्ने भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
619SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?