National life

लगातार ९ दिनमा नेप्से करिब २१२ अंकले बढ्यो, लगानीकर्ता उत्साहित, कारोबारमा प्रगति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ फागुन २०८१, सोमबार
668Shares
लगातार ९ दिनमा नेप्से करिब २१२ अंकले बढ्यो,  लगानीकर्ता उत्साहित, कारोबारमा प्रगति
ncell

काठमाडौँ । लगातार ९ कारोबार दिनसम्म हरियाली आएको पुँजी बजारमा आज साताको दोस्रो कारोबारका दिन करेक्सन आएको छ । आज बजार दोहोरो अंकले ओरालो लागेको छ ।

लगानीकर्ताहरू नाफा बुक गर्ने प्रवृत्तिमा हावी हुँदा बजार केही घट्न पुगेको हो । आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० १३.६२ अकंले घटेर २८७६.६६ बिन्दुमा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज ३०० कम्पनीको ३ करोड १२ लाख ४१ हजार कित्ता शेयर किनबेच हुँदा १४ अर्ब २८ करोड ४५ लाख १० हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । मौद्रिक नीतिको समीक्षा आउनु अघि अलमल रहेको बजारमा लगातार चमक देखिन थालेको हो । नौ दिनको अवधिमा नेप्से करिब २१२ अंकले बढेको हो । छोटो समयमै भाउ बढेर मनग्ये नाफा भएपछि ट्रेडरहरु थोरै हावी भएका हुन् । उनीहरुले नाफा बुक गर्दा बजार सामान्य प्रभावित भएको हो ।

समीक्षामा, केन्द्रीय बैंकले बैंक वित्तीय संस्थाहरूलाई असल कर्जामा गर्नुपर्ने प्रोभिजनिङलाई १.१० प्रतिशतबाट घटाएर १ प्रतिशतमा झार्ने निर्णय गरेको थियो। यस निर्णयले बैंक वित्तीय संस्थाहरूलाई दुई प्रकारको फाइदा पुर्याउने छ।

लामो समयको गिरावट र साइडवेज प्रवृत्तिका कारण सेयर भाउहरु सस्ता भएका छन् । अर्थतन्त्रमा क्रमशः सुधारका संकेतहरु देखिन थालेकाले आगामी दिनमा कम्पनीहरुको मुनाफा बढ्ने र त्यसले लाभांश क्षमता विस्तार गर्ने आँकलनहरु भइरहेका छन् ।

यसदिन बैंकिङ समूहको १.३५ प्रतिशत, विकास बैंक समूहको ०.८४ प्रतिशत, फाइनान्स समूहको ०.९३ प्रतिशत, होटल तथा पर्यटन समूहको १.८८ प्रतिशत, हाइड्रोपावर समूहको १.२१ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.२४ प्रतिशतले शेयर मूल्य घटेको छ।

यो समाचार शेयर गर्नुहोस्
668SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?