काठमाडौँ। लगानी बोर्डको बिहीबार बसेको बैठकमा पाँच वटा परियोजनाका लागि एक खर्ब बराबरको लगानी स्वीकृत भएको छ ।
बोर्डको बैठकले सुपरतमोर जलविद्युत आयोजना, अपर मोरङ ए जलविद्युत आयोजना, कोहलपुर बाडगंगामा रहेको सौर्य ऊर्जा परियोजना, हवासिङ नारायणी सिमेन्ट र तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत आयोजना गरी पाँच वटा परियोजनाका लागि करिब एक खर्ब बराबरको लगानी स्वीकृत भएको जनाएको छ।
लगानी बोर्डका सह–सचिव प्रद्युम्नप्रसाद उपाध्यायले सुपरतमोर जलविद्युत आयोजना,अपर मोरङ ए जलविद्युत आयोजना,कोहलपुर बाडगंगामा रहेको सौर्य उर्जा परियोजना,हवासिङ नारायणी सिमेन्ट र तल्लो मनाङ मस्र्याङ्दी जलविद्युत आयोजना गरी पाँच वटा परियोजनाका लागि करिव १ खर्ब बरारको लगानी स्वीकृत भएको जानकारी दिए ।
अरुण तेस्रो जलविद्युत आयोजनाको प्रवेश मार्ग छुट मुआब्जा र क्षतिपूर्तिका विषयमा अध्ययन गर्ने बनेको समितिलाई एक महिनाको समयावधि थप गरेको छ ।
परियोजना कार्यान्वयनको चरणमा केही कामहरू गर्नुपर्ने देखिएकाले सौर्य ऊर्जा परियोजना आगामी लगानी सम्मेलनमा पिडिए सम्झौता गर्ने परामर्शका लागि वार्ता समिति गठन गर्ने निर्णय भएको छ । अपर मर्स्याङ्दी जलविद्युत परियोजनाको विस्तृत परियोजना जानकारीमा लिई त्यसलाई वार्ता समिति गठन गर्ने निर्णय बैठकले गरेको हो । फर्टिलाइजर कम्पनी स्थापना गर्ने अध्ययन गरेको रि–निकोला कम्पनीले बैंक जमानत म्याद थप गर्ने निर्णय भएको छ।
संस्थागत सुदृढीकरणका सन्दर्भमा सार्वजनिक निजी साझेदारी लगानी ऐन,२०७५ संशोधन मस्यौदा तयार गर्नका लागि गठित समितिले लिएको प्रतिवेदनलाई बुझाएको हो । तमोर जलाशययुक्त परियोजना विषयमा विवादित विषयलाई समाधान गर्न गठन गरिएको समितिको म्याद थप गर्ने समेत बैठकले निर्णय गरेको जानकारी दिएको छ ।


































