काठमाडौँ । लघु निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाको वित्तीय विवरण सार्वजनिक गरेका छन् । जस अनुसार लघुबबीमा कम्पनीहरूले ५ करोड १६ लाख रुपैयाँको बीमाशुल्क आर्जन गरेका छन्।

सञ्चालनमा रहेका चार लघु निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा मात्रै ५ करोड १६ लाख ११ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन्। प्राधिकरणको तथ्यांक अनुसार पहिलो महिनामा नेपाल माइक्रोले सबैभन्दा धेरै कारोबार गरेको छ ।
कम्पनीले यस अवधिमा १ करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। दोस्रोमा प्रोटेक्टिभ माइक्रो रहेको छ। कम्पनीले पहिलो महिनामा १ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
कम्पनीले यस अवधिसम्ममा ४ हजार ३६१ बीमालेख जारी गर्दै १ करोड २२ लाख ८७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। चौथौमा स्टार माइक्रो इन्स्योरेन्स रहेको छ। कम्पनीले यस अवधिमा १ करोड १८ लाख २रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको तथ्याकंमा उल्लेख छ ।






































