काठमाडौँ। साताको दोस्रो कारोबारका दिन शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । लगातार रूपमा सुस्ताएको बजारमा सुधार देखिन थालेसँगै आम लगानीकर्तामा हौसला थपिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४९.१२ अकंले बढेर २६४०.६८ बिन्दुमा कायम भएको।
यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ। आज बैंकिङ समूहको १.०९ प्रतिशत, विकास बैंक समूहको २.४६ प्रतिशत, फाइनान्स समूहको १.१९ प्रतिशत, होटल तथा पर्यटन समूहको २.९९ प्रतिशत, हाइड्रोपावर समूहको ३.५५ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ३.२३ प्रतिशतले शेयर मूल्य बढेको छ।
आज सुपरमादी हाइड्रोपावरको ९.७० प्रतिशत, सहास उर्जाको ८.७१ प्रतिशत, मायाखोला हाइड्रोपावरको ८.५९ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ८.२५ प्रतिशतले सेयर मूल्य बढेको छ। साताको दोस्रो कारोबार दिन सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको २९ करोड ९ लाख ९२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सहास ऊर्जा लिमिटेडको १३ करोड ६५ लाख ४७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । आज पिपुल्स हाइड्रोपावर कम्पनीको १३ करोड ५८ लाख ३५ हजार रुपैंया, दोल्ती पावर कम्पनीको १२ करोड २ लाख २५ हजार रुपैयाँ कारोबार भएको छ ।

































