National life

लामिछानेको मानव अधिकार उल्लङ्घन गरिएको भन्दै मानव अधिकार आयोगमा उजुरी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ मंसिर २०८१, शुक्रबार
735Shares
लामिछानेको मानव अधिकार उल्लङ्घन गरिएको भन्दै मानव अधिकार आयोगमा उजुरी
ncell

काठमाडौँ । सहकारी प्रकरणमा पक्राउ परेर हिरासतमा रहेका रवि लामिछानेमाथि प्रहरीले गैरकानुनी र अमानवीय व्यवहार गरेको भन्दै उनकी पत्नि निकिता पौडेलले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएकी छिन् ।

सहकारी प्रकरणमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेविरुद्ध थुनामा रहँदा र बिभिन्न जिल्लामा अड्डासार गर्ने बहानामा दुव्र्यवहार भएकोले लामिछानेको मानव अधिकारहरूको गम्भिर उल्लङ्घन भएको भन्दै पौडेलले उजुरी दिएकी हुन् ।

उनले प्रहरी महानिरिक्षक वसन्त कुँवर, चितवनका प्रहरी अधिकारीहरु, जिल्ला प्रशासन कार्यालय चितवन लगायतलाई विपक्षी बनाएर शुक्रबार आयोगमा उजुरी दर्ता गराएकी हुन् ।

लामिछानेलाई अनुसन्धानका क्रममा विभिन्न शारीरिक एवं मानसिक यातना दिइएको उनको उजुरीमा उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लामिछाने पत्नी निकिताले रातारात अड्डासार गर्ने नाममा शारीरिक तथा मानसिक यातना दिइएको, व्यक्तिगत डायरीको गैरकानुनीरूपमा कब्जा गरी गोपनीयताको अधिकारको उल्लङ्घन गरेको, गैरकानुनी हिरासतमा राखिएको, कानुनी परामर्शको उचित अवसर नदिइएको, मानवीय सम्मान वा आत्म सम्मानमा चोट पुर्याउने प्रयास भइरहेको भन्दै उजुरी दर्ता गरेकी हुन् ।

यो समाचार शेयर गर्नुहोस्
735SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?